राज्यका सबै तहमा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्य : केसी

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सहइन्चार्ज मन कुमारी के.सी., जिसीले समृद्ध नेपाल निर्माणका लागि राज्यका सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताउनु भएको हो ।

अखिल नेपाल महिला संघ बागलुङको शुक्रवार अगुवा कार्यकर्ता भेलामा बोल्दै केसीले नीति निर्माण लगायत राज्यका सबै तहमा महिलाको अर्थपूर्ण सहभागितामा जोड दिनुभएको हो ।

मुलुक समृद्धिको यात्रामा अगाडि बढेको चर्चा गर्दै उहाँले समृद्धिका लागि महिला र पुरुष संगसंगै हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

ञकार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लिला बहादुर थापाले मुलुक यतिबेला संकटपूर्ण अवस्थामा पुगेको भन्दै अवसरवादी र पदका आशक्तिहरुको भण्डाफोर गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा.सूर्य पाठकले प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाका बारेमा चलाइएका भ्रम र आरोपहरुको खण्डन र निर्वाचनको पक्षमा ऐक्यवद्धताका लागि गण्डकी प्रदेशमा जनसभाको आयोजना गरिएको भन्दै उहाँले सक्रिय सहभागिताका लागि आव्हान गर्नु भयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कार्यालय सदस्य कृष्ण पाठक, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्यद्वय भीमा अधिकारी र हुमा कुमारी जि.सी.(अञ्जु) लगायतले फागुन १५ गते पोखरामा हुने नेकपाको जनसभामा आम महिलाहरुलाई सक्रिय सहभागिताका लागि आव्हान गर्नु भएको थियो ।

कार्यक्रम अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य सावित्रा रानाको अध्यक्षता, उपाध्यक्ष यमुना काउचा मगरको स्वागत र लक्ष्मी बोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।

फागुन १५ गते नेकपाले पोखरामा आयोजना गरेको जनसभा सफल पार्ने उदेश्यका साथ आयोजित भेलाले महिलाहरुको सक्रिय सहभागिताका लागि आव्हान गर्ने निर्णय गरेको छ । १ लाख ३० हजार मानिसको सहभागिता र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने सभामा बागलुङबाट ८ हजार मानिस सहभागि गराउने लक्ष्य रहेको जिल्ला सहइन्चार्ज केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *