विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

आदर्श अनलाइन, बागलुङ

गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयको ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा शुक्रबार जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

स्थानीय युवा व्यवसायी सरोज थापाले आफ्ना दिवङ्गत हजुरबुबा भिमबहादुर थापा, भुमिराज थापाले हजुरबुबा नरबहादुर, हजुरआका चन्दाकली थापा र मीन थापाले फुपुको स्मृतिमा दलित र विपन्न परिवारका एक÷एक जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।

न्यून आए भएका परिवारका विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भनेर शैक्षिक सामग्री प्रदान गरिएको व्यवसायी सरोजले बताउनुभयो । विद्यार्थीलाई कापी, कलमलगायतका स्टेनशनरी सामग्री वितरण गरिएको उहाँको भनाइ छ ।

वार्षिकोत्सवकै अवसरमा एकता युवा मञ्चद्वारा विद्यालयमा स्थापित अक्षयकोषमार्फत पनि चार जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । विद्यालयले त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको प्रधानाध्यापक देवबहादुर खत्रीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *