ओली पक्षनै संस्थापन हुँनेमा धेरै आधार छन् : मन्त्री गुरुङ


–खगेन्द्र विश्वकर्मा, ताराखोला
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ओली पक्षधर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै संस्थापन हुँने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ताराखोला गाउँ कमिटिले बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा शनिबार आयोजना गरेको अगुवा कार्यकक्र्रता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेश सह–इन्चार्ज समेत रहनुभएको मन्त्री गुरुङले महाधिवेशन सम्म कुर्न नसक्नेले सडकमा गएर वैधानिकता दावी गर्न नसुहाउने बताउनुभयो ।


धेरै आधारहरुमा ओली पक्षधर नेकपानै वैधानिक हुने उहाँको तर्क रहेको थियो । उहाँले उक्त आधारहरु भने खुलाउन चाहानुभएन । महाधिवेशनले बनाएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले अबैधानिक बन्ने आधार नभएको उहाँको जिकिर रहेको छ । “आफ्नै पार्टीले आफ्नै पार्टीबाट निर्वाचित हुनुभएका प्रधानमन्त्री समक्ष अविस्वासको प्रस्ताव ल्याउनुनै नेकपा दुर्घटनाको कारण हो” मन्त्री गुरुङले भन्नुभयो “प्रचण्डलाई अस्थिरताको खेलाडीको रुपमा हामीले चिन्दै आएका छौं, ओली पक्षधर नेकपामा नआउनेहरुले नयाँ दल दर्ता गर्न सुझाव दिन्छु ।” अध्यक्ष दावि गर्नेहरुले महाधिवेशन पर्खन पर्ने भन्दै मन्त्री गुरुङले धर्यता गर्न नसक्नेले नयाँ दलको प्रकृयामा जान सुझाव दिनुभयो । उहाँले ताराखोला आलु, भाँगो, च्याउलाई व्यवसायिकता गराउन गण्डकी प्रदेशले सहयोग गर्ने बताउनुभयो । ताराखोलालाई कृषि उत्पादनले चिनाएको बताउदै कृषिलाई व्यवसायिकता बनाउन प्रदेश सरकार तयार भएको बताउनुभयो ।



ताराखोलाको कृषि, सडक, शिक्षा, स्वास्थको विकासलाई गण्डकी प्रदेश सरकार र केन्द्रीय सरकारले जोड दिएको समेत बताउनुभयो । भेलामा नेकपाका केन्द्रीय सदस्य तथा निर्वतमान संघीय सांसद मनकुमारी केसी, केन्द्रीय सदस्य तथा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, केन्द्रिय सदस्य कृष्ण पाठक लगायतले निर्वाचनमा लाग्न सबै पार्टीका अगुवा कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपा ताराखोला गाउँपालिका अध्यक्ष दिवश खत्रीको अध्यक्षता तथा कार्यालय सदस्य मनबहादुर लामिछानेको स्वागत सचिव धनप्रसाद बुढाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे । नेकपा ताराखोला गाउँपालिका खत्रीले अब हामी कुनै हिसांत्मक गतिविधि नगर्ने र विकास र समृद्धिमा लाग्ने अभियान अन्र्तगत ताराखोलाको विकासको लागि विभिन्न प्रस्तावना तयार पारी प्रदेश र संघीय सरकारलाई माग गरेको बताउनुभयो । माओवादीको उद्गम स्थल रहेको ताराखोलामा ओली पक्षधर नेकपाको भेला हुनुलाई राजनीतिमा रोचक रुपमा समेत हेरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *