सरकार विप्लव संवाद सकारात्मक

सम्पादकीय
यो देश लामो समयदेखि राजनीतिक अस्थिरताले ग्रस्त थियो । र सबै राजनीतिक दलको गठजोडमा चरणवद्ध संघर्षहरु गर्दै अघि बढ्ने क्रममा जनआन्दोलनबाट राजतन्त्रात्मक व्यवस्था बदलियो । नयाँ व्यवस्था आए पछि मुलुकमा राजनीतिक स्थितर, सुशासन, समुद्धि हासिल हुने दिशामा देश जाला भन्ने आम अपेक्षा थियो । र स्वयम् अधिकांश राजनीतिक दल, तीनका नेता कार्यकर्ता पनि यसमा आशावादी थिए । तर,पछिल्लो परिवेश यस्तो बन्यो कि सशस्त्र युद्ध र क्रान्ति गरेर आएका राजनीतिक पार्टीहरु पनि क्रमशः बिभाजित हुँदै गए । अब व्यवस्थाकै विरुद्धमा ठूलो संघर्ष या क्रान्नि गर्नुपर्दैन भन्ठानेको विप्लव नेतृत्वको नेकपाले केही आक्रामक कदम चाल्यो । र नेपाल सरकारले त्यही विषयलाई लिएर विप्लव नेतृत्वको नेकपालाई २०७५ फागुन २३ गते राजनीतिक प्रतिबन्ध लगायो ।

देशमा त्यतिबेला दुई नेकपा थियो । एक विद्रोहमा उत्रिएको विप्लव नेतृत्वको नेकपा र अर्को सत्ताको बागडोर सम्हालेको केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा । तर, अहिले सत्तासीन नेकपा समेत बिभाजित छ । र यही बीचमा सत्ता र शक्तिको फेरि एक पटक चलखेल सुरु भएको छ । दैनिकजसो सडकमा बिरोध र प्रदर्शन छ । यही बेलामा सरकार र विप्लव समूह बीचको संवादको विषयले नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । अहिलेको तरल राजनीतिक परिस्थितिमा सशस्त्र आन्दोलनमा रहेको शक्ति वार्ता गर्न तयार हुनु स्वागत योग्य कुरा हो । आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको र यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक छ ।

संसद विघटन पछि वर्तमान सरकार चौतर्फी बिरोध र आलोचनाको घेरामा छ । यही बेलामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई संवाद मार्फत् सहमति ल्याएर राजनीतिलाई अर्कै मोडमा लैजाने रणनीतिमा सरकार देखिन्छ । यसको अन्र्तयमा के चिज छ ? त्यो बेग्लै कुरा हो । तर, सरकार र प्रतिबन्धित पार्टीले अहिले गरिरहेको पहल सकारात्मक छ । किनकि यसबीचमा विप्लव र सरकार पक्ष दुवै गरी १२ जनाको मृत्यु भइसकेको छ । जसमध्ये केहीको विस्फोट पदार्थ बोक्ने क्रममा मृत्यु भएको छ भने बाँकीको भिडन्तमा मृत्यु भएको छ । तीन वर्षमा नौ सय भन्दा धेरै पक्राउ र सात सय ९२ विरुद्ध मुद्दा लागेको छ । अब देशलाई द्धन्द्ध र अस्थिरतामा राख्ने प्रवृत्ति सधैंका लागि बन्द गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *