गलेश्वरमा आँखा शिविर : २६६ जनाले सेवा लिए

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा भएको निशुल्क आँखा शिविरबाट ३६६ जनाले सेवा लिएका छन् । मुक्तीहरि राधाकृष्ण मन्दिर रामाजुन मठ सन्त सेवाश्रमको आयोजना, नेत्र ज्योती संघ म्याग्दीको प्राविधिक र नविन आनन्द योग केन्द्रको व्यवस्थापनको सहयोगामा उक्त शिविर सम्पन्न भएको थियो ।

एकदिने शविरमा १६ जनाको शल्यक्रिया गर्नुपर्ने बिरामी भेटिएका नेत्र ज्योती संघका प्राविधिक दिनेश बानियाँले जानाकारी दिए । गलेश्वरमा जेष्ठ आश्रममा रहेका बृद्धाबृद्धलाई लक्षित गरेर उक्त शिविर आयोजना गरिएको थियो ।

शिविरमा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले शिविरले जेष्ठ आश्रममा रहेका आमाबाबाहरु र छिमेकी क्षेत्रका आँखाको विरामीलाई सहज भएको बताए । उनले निशुल्क शिविर अन्य ठाउँमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

शिविरको उद्घाटन कार्यक्रममा बेनपा ९ का वडा अध्यक्ष बेलबहादुर चोखाल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुली लगायतले बोलेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *