मृगौला पीडित कमल क्षेत्रीलाई बहराइनबाट आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङ
दुवै मृगौला फेल भई उपचाररत जैमिनि नगरपालिका–३ दबदबे की कमल क्षेत्री (रन) को उपचारको लागि बहराइनबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

जैमिनी संस्कृतन समुहका कलाकार समेत रहेका बागलुङ सेवा समाज बहराइनका वरिष्ठ सल्लाहकार रत्न हमालको संयाजकत्वमा बहराइनमा रहेका नेपाली बिचमा संकलन गरिएको सहयोग रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।

बागलुङ सहित देशका विभिन्न स्थानबाट गइ बहराइनलाई कर्मथलो बनाएका नेपालीले क्षेत्रीको उपचारको लागि पठाएको ६१ हजार ३ सय ६३ रुपैयाँ खगेन्द्र क्षेत्रीले मृगौला पीडित कमल क्षेत्रीको काठमाडौ स्थित सामाखुसीको डेरामा पुगेर हस्तान्तरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *