सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै फेरि पक्राउ परे विप्लव समूहका नेता बास्तोला

आदर्श अनलाइन, काठमाडौं

नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ ।

सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो ।

थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ।

सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *