जैमिनीमा नेकपा बागलुङको विस्तारित बैठक सम्पन्न

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्यूनिष्ट पार्टी नेकपा बागलुङले जैमिनीमा सोमबार विस्तारित बैंठक सम्पन्न गरेको छ । बैंठकमा आगामी १५ गते पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको विशाल जनसभाको तयारीको बारेमा समेत छलफल गरिएको थियो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य लिलाबहादुर थापा मगरले सरकारलाई बदनाम गराउनको लागि देशभर भइरहेका चलखेलको अन्त्य गर्नको लागि नेकपाका कार्यकर्तालो गाउँ गाउँमा सरकारका राम्रा कामको प्रचार प्रसार गर्नुपर्ने बताउनुभएको थियो ।

सरकारले कहि कतै पनि नेपाली जनताको हित बिपरीत काम नगरेको भन्दै उहाँले सम्वृद्ध नेपाल सुखी नेपालीको बाटो तर्फ लाने एक मात्र राजनेता केपी ओली भएको बताउनुभयो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी बागलुङका कार्यलय सदस्य कृष्ण पाठक, प्रदेश सांसद सावित्री राना, लिला रानाले बोल्नुभएको थियो ।

बैठक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका सल्लाहकार समितिका सदस्य रुद्र पौडेलको अध्यक्षता, लक्ष्मी किसानको स्वागत र जैमिनी नगर कमिटी सदस्य भोजराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *