लागुऔषधसहित दुई युवा पक्राउ

आदर्श अनलाइन, पोखरा

पोखरामा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । फेवातालको सिरान पोखरा-१८ खपौदीबाट लागुऔषध व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा लागुऔषधसहित खोटाङ घरभई पोखरा -१८ खपौदी बस्दै आएका ३६ वर्षीय वीरबहादुर तामाङ र पोखरा-१७ घारीपाटन निवासी २९ वर्षीय अरुण तामाङ छन् ।

उनीहरुको साथबाट लागुऔषध डाइजापाम १८ एम्पुल, फेनरागन २४ एम्पुल र नुर्फिन ३१ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो । उनीहरु दुबै जनालाई लागूऔषध कसूर अन्तर्गत अनुसन्धान शुरु गरिएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *