आदर्श सञ्चारद्वारा यामबहादुरको निधन प्रति दुख व्यक्त

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका परिवारको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सहकारीका शेयर सदस्य राम बहादुर केसीका पिता काठेखोला गाउँपालिका वडा नम्वर २ भिमपोखराका याम बहादुर खत्री क्षत्रीको निधन भएको नवौँं दिनको पुण्ये तिथीमा मंगलबार श्रद्धाञ्जली सभा सहित मृतकका परिवारलाई राहात हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी ‘अन्जु’ र संस्थाका शेयर सदस्य कमलप्रसाद श्रेष्ठले शेयर सदस्यको परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप रु ५ हजार रुपैयाँ मृतकका आफ्न्त पूर्ण बहादुर केसीलाई हस्तान्तरण गर्नुभएको थियो । क्षेत्रीको फागुन ३ गते स्थानीय सोम किसानले कोदालो प्रहार गर्दा निधन भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले संस्थाको सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

धौलागिरीको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ४ सय जना शेयर सदस्य, ५ करोड शेयर रकम, ३४ करोड बचत, ३१ करोड कर्जा लगानी र ४० करोड कुल सम्पत्ती रहेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *