नर्जाखानीवासीको घर–घरमा धारो, हट्यो वर्षौँदेखिको समस्या

डम्मर बुढा मगर, बागलुङ
तमानखोला गाउँपालिका वडा नम्बर ६ नर्जाखानीकी थमकुमारी छन्त्याललाई रहेक विहान सबैरै उठेर पानी ल्याउनको लागि घण्टौँ धाउनु पथ्र्यो । एक गाग्री पानी ल्याउन २ घण्टा लगाएर ओखरबोट गाउँमुनी जानुपथ्र्याे । तर अहिले थमकुमारीको त्यो बाध्यताको अन्त्य भएको छ ।

भौगोलिक विकटता र खानेपानीको मुहान बस्ती भन्दा धेरै टाढा हुँदा पोखरी, कुवाको धमिलो पानी प्रयोग गर्न विवश नर्जाखानीका बासीको घर–घरमै पानी पुगेपछि उनिहरुको बाध्यता हटेको मात्र छैन उनिहरु खुसीले फुरुङ्ग छन् ।

अहिले नर्जाखानी गाउँको घर–घरमै खानेपानी आउँछ । एक घर एक धारा कार्यक्रम अन्तर्गत घर–घरमै बनेका धारमा पानी आउन थालेपछि थमकुमारी जस्ता नर्जाका महिलाहरु निकै खुसी भएका छन् । पानीको जोहो गर्दा गर्दै दिन जाने यहाँका महिलाहरु आजभोली थोरै भएपनि फुर्सदिला बनेका छन् ।

‘पहिला त एक जनालाई दिन भर पानी बोक्नै लाग्थ्यो, अरु काम गर्ने त फुर्सदै हुँदैनथ्यो,’ थमकुमारी भन्नुहुन्छ, ‘अहिले त घरमै पानी आउन थाल्यो, घरको अरु काम गर्न समय पनि मिलेको छ, खुसी पनि लागेको छ ।’

‘विहान निद्राले छोडेदेखि राती सुत्ने बेला सम्मै पानीको चिन्ता, घटौ लगाएर पानी लिन गयो, घण्टौ कुवामा पालो कुर्याे,’ विगत सम्झदै थमकुमारी भन्नुहुन्छ ‘अहिले यस्तो सुविस्ता भएको छ, वर्षाै सम्म काकाकुल भएर बाँचियो ।’

गाउँ घरमा पानीको अभाव भएकाले वर्षाै सम्म कुवाको फोहोर पानी प्रयो गर्दै आएको सोही ठाउँकी मनकुमारी छन्त्यालको भनाई छ । कहिले कुवाको पानी, कहिले पोखरीको पानी मनकुमारी भन्नुहुन्छ कुनै दिन यस्ता पनि थिए आँखैले देखेको फोहोर पनि नदेखे झै गरेर पानी पियौ । थमकुमारी र मनकुमारीको जस्तै यतिबेला नर्जाखानीका घर घरका महिलालाई पानीले दिएको सास्ती सकिएकोे छ ।

तमानखोला गाउँपालिकाले २०७५ सालबाट नर्जा गाउँमा एक घर एक धारा कार्यक्रम ल्याएर धारा निर्माण सुरु गरेको थियो । पानीको निक्कै सास्ती रहेको वडा नम्बर ६ नर्जा गाउँमा मात्र गाउँपालिकाले १६ वटा धारा निर्माण गरेको वडा नम्बर ६ का वडा अध्यक्ष कुलबहादुर छन्त्यालले बताउनुभयो ।

पहिले पानीको निकै समस्या थियो, ६ नम्बर वडाका नागरिकहरुले खानेपानीको लागि निकै दुख पाएका थिए, त्यो समस्यालाई प्राथमिकतामा राखेर हामीले काम सुरु ग¥यौँ,’ अध्यक्ष छन्त्यालले भन्नुभयो ‘ अहिले त गाउँमा पानी ल्याउन सफल भयौँ, स्थानीयहरुलाई निकै राहत मिलेको छ ।’
३८ लाखको लागतमा वडा नम्बर ६ मा १ सय १६ धारो बनाइएको अध्यक्ष छन्त्यालले बताउनुभयो । अध्यक्ष छन्तयालले वडा नम्बर ६ को भित्रवनमा पनि १ घर १ धारा निर्माणको काम भई रहेको बताउनुभयो ।

करिब ६० घर धूरी रहेका भित्रिवनमा ५७ वटा धारी निर्माण हुँदै गरेको उहाँको भनाई छ । गाउँपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँमा धारा निर्माण कार्य भइरहेको छ ।
‘दुई वर्ष अगाडी नर्जागाउँमा पानी ल्याईयो, अहिले भित्रिवनमा निर्माण हुँदैछ, हामीले वडा नम्बर ६ को सबै गाउँ, टोल र बस्ती–बस्तीमा खानेपानीको पहुँच पु¥याउने लक्ष्य राखेका छौँ, सोही अनुसार काम पनि भएको छ,’ अध्यक्ष छन्त्यालले भन्नुभयो ‘अर्को वर्ष पात्ले गाउँपालिमा पनि खानेपानीको काम गर्ने योजना बनाएका छौँ ।’

उहाँले गाउँ नजिक खानेपानीको मुहान नहुँदा ३ किलोमिटर टाढा मैरेखोलादेखि पानी ल्याइएको बताउनुभयो । ‘गाउँको नजिक खानेपानीको मुहान नहुँदा पुर्खादेखि अहिले सम्मका पुस्ताले कुवा, पोखरीको पानी खान बाध्य थिए, अध्यक्ष छन्त्यालले भन्नुभयो ‘अब कुनै पनि नागरिक स्वच्छ र सफा खानेपानीबाट बञ्चित नहास् भन्ने हिसाबले काम गरेका छौँ, केही समयमै वडा नम्बर ६ का सबैले सहज रुपमा खानेपानीको प्रयोग गर्न पाउने छन् ।’

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पालिकाकै दुर्गम वडा भएको हुँदा यहाँका नागरिकहरु वर्षौँदेखि विकासमा पछाडी परेको भन्दै बिस्तारै विकासका कामहरु हुन थालेको बताउनुभयो ।

अध्यक्ष बुढा मगरले सबै नागरिकलाई सफा र स्वच्छ खानेपानी घर–घरमा पु¥याउनका लागि सुरुवाति चरणदेखिनै आफूहरु लागि परेको भन्दै वडा नम्बर ६ मा केही वर्षमै घर–घरमा खानेपानीको पहुँच पुग्ने बताउनुहुन्छ ।

‘भौगोलिक विकटताका कारण वडा नम्बर पछाडी परेको छ तर यहाँको विकासका लागि गाउँपालिकाले पहिलो वर्षदेखिनै विकासका कामहरुलाई अगाडी सारेको थियो,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘अहिले मोटरबाटोदेखि अन्य भौतिक संरचना र खानेपानीको कामहरु भएको छ, कतिपय योजनाहरु सम्पन्न भएर त्यसबाट स्थानीयहरु लाभाम्वित हुन थाले भने केही योजना निर्माणकै चरणमा छन् र केही नयाँ योजना समेत निर्माण गरेर खानेपानीदेखि अन्य समस्याहरुको समाधानमा हामी लागि परेका छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *