ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते

आदर्श अनलाइन, लमजुङ
लमजुङमा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

क्वहोलासोथार गाउँपालिका-१ कपुरगाउँमा लु४त ६९७८ नं को ट्याक्टर दुर्घटना हुँदा चालक तनहुँ भानु नगरपालिका-१० चिसापानी निवासी २४ वर्षीय सन्तोष जोशी घाइते भएका हुन् ।

घाइते जोशीलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । उक्त ट्याक्टर सडकबाट तीन सय मिटर तल खसेको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *