सपना के हो ? एक चिन्तन र विश्लेषण

भुमिराज गैरे
हामीहरु मस्त निद्रामा परी रहेको बेला नौला नौला छुटै संसारमा रमाएको त कहिले कहाली लाग्दो डरलाग्दो घटनाबाट बच्न सफल भएको घटना जस्ता सपनाहरु देखिन पुग्दछ र निद्रा बाट बिउजिए पछि सम्म पनि मुटुमा ढुकढुक डरलाग्ने स्थिती हुन्छ । यस विषयमा कुनै बैज्ञानिक कारण भने यसकारणले यस्तो सपना देखिन्छ भने केही अहिले सम्म पत्ता लगाउन सकिएको छैन । जस्तो अरु पंक्तिहरुलाई लागिरहेको छ । आफ्नै अनुभवको आधारमा भन्नु पर्दा बेलुका खान पिन गरी सकेपछि जब ओच्छ्यानमा आराम गर्न पुगिन्छ तब दिन भरिका कामहरु कति सफल भए कति सफल भएनन् । कति अगाडि बढि रहेका छन् । कति समस्याहरु समाधान भए कति भएनन् भन्ने विषयमा मनमा तुलबुलनाको एवं आवेग नै आई रहेको हुन्छ । यस्तो बेलामा पनि केहि सवाल संकेत देखिन सक्छन् । यि प्राय निष्फल फल नदिने नै हुन्छन् । जब त्यस्रो तुलबुलताबाट माथि उठे मिठो निद्रा लिइ सके पछि अप्रत्यासित रुपमा मनको भाव आवेगमा देखिने काल्पनिक दृश्य नै सपना हो । यस विषयमा हाम्रो संस्कृत बाङगमयको पूर्वीय दर्शनमा केहि अध्ययन अनुभव र अनुसन्धानहरु भएको पाइन्छ । ति तथ्यहरुलाई यस पंक्तिकारले केहि कुराहरु उल्लेख गर्न जमर्को गर्दछु ।

प्रसंग दवापर युगमा नन्द बाबाले श्री कृष्णलाई धेरै समय सम्म पालन पोषण गरी मथुरा नगरीमा पुराउन भनि आइरहेको बेलामा बाटोमा भएको छ । नन्द बाबाले भगवान श्री कृष्णलाई यसरी सोधनी गर्नु हुन्छ ।
केत स्वप्न कि पुण्य केन मुक्तो भवत सुखम् ।
कोपि कोपि च सुस्वजस्तत् सर्व कथन प्रभो ।।
हे मधुसूदन निद्रामा देखेका कस्ता सपनाले कस्तो फल दिन्छन् ।
कस्तो सपनालाई जाति र कस्तो सपनालाई नजाति भन्छन् ।

त्यहाको फल मलाई बिस्तार पूर्वक भन्नुहोस भनेर नन्दबाबाले सोधनी गर्दा भगवान भन्नुहुन्छ ।
बेदेषु सामवेश्रय प्रशस्तः सर्वकर्मसु ।
तत्रैव कण्वशाखाया पुण्यकाण्डे मनोहर ।
सुव्यक्तो यस्च सुस्वप्नः सम्यक्पुण्य फलप्रद
तत्सर्व लिखित तात कथायामि सुतिर्णम

हे नन्दबाबा सामवोको क्रियाकाण्डको काव्य शाखामा सपनाको विषयमा राम्रो वर्णन गरिएको पाइन्छ । त्यसैमा भनिएको सपनाको विषयमा म केहि भन्दछु । एक चित्त भएर सुन्नुहोस । जुन सत्ताले मात्र गँगा स्वात गरेको फल प्राप्त हुन्छ । भनेर भगवान श्री कृष्णले नन्दबाबालाई सुताउदै कस्ता अवस्थामा र समयमा देखिएको सपना कस्ता र कस्ता अवस्थामा देखिएकोे सपना विस्फल हुन्छ भनेर यसरी बताउदै गनुहुन्छ ।
स्वप्तस्तु प्रथमे यामे संवासर फलप्रद ।
द्दितीय चापृभिमौसै स्त्रिभिर्मा ंसंस्तृतीयके ।
चतुर्थे चाद्र्दमासेत स्वाप्नःस्वाय फलप्रद ।
दशाहे फलदः स्वानो अरुजोदयदशीते ।।

रातको पहिलो प्रहरमा देखिएको सपनाले एक वर्ष पछि फल दिने, दोस्रो प्रहरमा देखिएको सपनाले ८ मनिा पछि फल दिने, तेस्रो प्रहरमा देखिएको सपनाले ३ महिनामा फल दिने, चौथो प्रहरमा देखिएको सपनाले १५ दिनमा फल दिने अरुणादय उज्यालो हुने बेलामा देखिएको सपनाले एक दिनमै फल दिने र प्रातः कालमा सपना देखे पछि फेरी निदाए र उठि तित्प वर्य सपना गर्यौ भने तत्कालै फल दिने हुन्छ । भनेर यसरी बताउनु हुन्छ । त्यसपछी सपना देखाइको आचार संहिताको विषयमा यसरी बताउनु हुन्छ ।
प्राप्तः स्वप्नश्च फलदस्ततशण यदि वोद्दित ।
दिने मनसि पदवृत तत्स्र्व च लभदे धुवम ।।
चिन्ता थाछि समायुक्तो नर ः स्वप्त च पश्यति ।
तत सबर्व तिष्फल तात प्रप्यावेव न सशय ।।
जडो मूत्रपुरीषेक पीडिततश्य भयाकुल ।
दिगम्बरो भुक्तकेशो न लाभेत स्वतण फलमा ।

दिनमा आएका भावावेगका काणहरु चिन्तीत अवस्थामा देखिएको सपना रोगले सताएको अवस्था देखिएको सपना कुनै मदक पदार्थ सेवन गरी होस हराएको अवस्थामा देखिएको सपना, कसैले गाली गरी हतोत्साही भएर सुनीरहेको अवस्थामा देखिएको सपना, दिसा पिसाबले च्यापेको अवस्थामा देखिएको सपना, सर्वाङ्ग नागै सुतेको अवस्थामा देखिएको सपना आदिको जाति नजाति कुनै फल लाग्दैनन निस्फलनै हुन्छन् ।

जसले नराम्रा सपना देखेर पनि निद्राका वेगमा फेरि सुत्यो र निदायो भने अथवा रात्रीको सपनामा नै कसैलाई सुनायो भने त्यबेलाको फल पाउन सक्दैन । त्यसकारण एक छिन उठि स्नान गरी हात खुट्टाहरु धोई भगवान स्मरण गर्नु केहि धार्मिक कुराहरुको अध्ययनमा मनन् गर्नु अनि मात्र सुत्न भन्ने हुन्छ । त्यस्तै नराम्रा डरलाग्दा सपनाहरु देखिएको भने पनि
विष्णु नारायन कृष्ण मस्धव मधुसुदनमा ।
हरि नरहरि राम गोविन्द दधिवामनम
यि दशनाम युक्त मन्त्रले भगवानको स्मरण गरि रहने हो भने पनि शुभ फल प्रप्ती हुन्छ भनेर भगवान श्रीकृष्णले बताउनु भएको छ ।

यसरी समग्रमा स्वाप्नाधयायको अध्यायन र आफ्नो अनुभव समेतबाट के भन्न सकिन्छ भने माथि बताइएकै सपनाको आचार संहिता भित्र रहेर कर्मनिष्ट भै सधै उच्च मनोबल र दिर्ण मनोवृत्तिका साथ महापुरुषहरुको स्मरण गदै निद्रा देविको आराधाना गर्न आनन्द साथ सुतिन्छ भने मनमा भएका तर्क वितर्क र तताछ सपनाभै सकेपछि जिवनका शुभ सकेतजिवहरु देखाउनु हुन्छ र तिनै चिजहरुलाई राम्रो सपनाका निद्राहरु भन्ने गरिन्छ । यदि कहिले काहि यसरी कर्मनिष्ट भएर सुनी रहेका बेलमा पनि सपनाको राम्रो संकेत तभदकत नराम्रो संकेतको अनुभुतीहरु भै रहन्छ भने पनि हरेमा तखदवत माथि उल्लेखित भगवानका दशतामहरु रहने र कर्मयोगी बनीरहने हो भने एक दिन पक्कै पति गन्तव्यमा पुग्न सकिन्छ । भगवान श्री कृष्णले नन्दबाबा लाई बताउनु भएको स्वाप्नाध्यायको निचोड यहि हो । हाम्रो तथ्य पनि यहिनै हो । राम्रा सपना र नराम्रा सपनाहरुको केहि उदगारहरु लोक सब्दमा तल प्रस्तुत गरिन्छ ।
शुभ सपनाको संकेत
तर्तु भारि समुन्द्र तर्तु नदिता आकाश उडनु ।
बल्दो अग्नि समेतता नभर भो नशत्रगो देखनु ।।
सुर्यादि ग्रह देखिए अति कूला धरमा भनेको भयो ।
तारालाई र चन्द्रमण्डल पति देखे बढिमा छयो ।
अशुभ सपनाको संकेत
घोडा हत्ति र रुख पर्वत रथै यी दो अगाडि महा ।
भैम गिर्न गए भने त सपना, आपत्ति पर्ला तहाँ ।।
खौराउतु कपाल आदि मृगको पाठो मरेको अति ।
स्वप्नामा यति देखिए विपद भो हाडवो त माला पति ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *