म्याग्दीमा जिप दुर्घटना : १ जनाको मृत्यु, ४ घाइते

आदर्श अनलाइन, म्याग्दी
मालिका गाउँपालिका, ३ रुमबाट बिरामी बोकेर सदरमुकाम जाँदै रहेको ग १ ज ६७८८ नम्बरको जिप बिहीबार राति ११ बजे बेनी नगरपलिका– ४ फापरखेत घुम्तीबाट म्याग्दीखोलामा खस्दा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा चार जना घाइते भएका छन् ।  

बिहीबार दिउँसो डाले घाँस काट्ने क्रममा रुखबाट खसेर घाइते भएका मालिका गाउँपालिका–३ पात्लेका ६२ वर्षीय गोविन्द रोकाको दुर्घटनामा परी मृत्यु भएको हो । घाइते रोकालाई थप उपचारका लागि बेनी लैजाने क्रममा साँघुरो घुम्तीमा जिप अनियन्त्रित भई खोलामा खसेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामकुमार राईले बताए ।

दुर्घटनामा परी मालिका गाउँपालिका– ३ का रवीन्द्र रोका(२९), रोजुना रोका (२०), खगेन्द्र रोका (३८) र मालिका गाउँपालिका–१ निस्कोटका जिप चालक नरबहादुर सिउथानी रहेका छन् । खुट्टामा चोट लागेका चालक सिउथानीको बेनी अस्पतालमा उपचार नहुने भएपछि पोखरा रिफर गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *