अबको प्रधानमन्त्री नेकपाबाटै : झाँक्री

आदर्श अनलाईन, बागलुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले अहिलेको वर्तमान समस्या संसदबाट हल भएर जाने विश्वास व्यक्त गर्नुभयो । नेतृ झाँक्रीले अबको प्रधानमन्त्री समेत नेकपाबाटै हुँने दाबी समेत गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताउनुभएको छ । नेकपा भित्रैबाट भावी प्रधानमन्त्री हुँनेमा विश्वस्त रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी जैमिनी नगर कमिटिले आज कुश्मीसेरामा आयोजना गरेको जनसभामा बोल्दै झाँक्रीले असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री ओली बिरुद्धको फैसला संसदबाटै हुँने बताउनुभयो ।

अहिलेको राजनैतिक अस्थिरताको फैसला संसदबाटै हुँने बताउनुभयो । उहाँले आफुहरुले प्रधानमन्त्री केपी ओली र नेता बामदेव गौतम बाहेकका अन्य नेता संग सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

जनताको चेतनाका कारण प्रधानमन्त्री ओलीको सर्वसत्ताबादको अन्त्य ६६ दिनमै भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको कारणनै देश दुर्घटनाको मुखमा पुग्न थालेको भन्दै ६६ दिनमा सडकमा ओर्लेका जनताले न्याय पाएको बताउनुभयो । उहाँले प्रतिगमनका विरुद्ध साथ दिने सबैलाई धन्यवाद समेत दिनुभयो ।

प्रचण्ड–नेपाल पक्षधर नेकपालाई संसदीय दलको नेता छान्ने अधिकार रहेको बताउँदै संसदीय दलको नेता समेत आफुहरुले छान्ने बताउनुभयो । उहाँले पार्टीमा ओली अल्पमतमा पर्ने जिकिर समेत गर्नुभयो । उहाँले सूर्य चिन्ह समेत आफुहरुलेनै पाउने बताउनुभयो ।

विश्वासको मत खेर जान दिन्नौं : नेता पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी किमिटि सदस्य देबेन्द्र पौडेलले जनताले दिएको विश्वासको मत खेर जान नदिने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी जैमिनी नगर कमिटिले आज कुश्मीसेरामा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै (प्रचण्ड–नेपाल) पक्षधर नेकपाका गण्डकी इन्चार्ज समेत रहनुभएका नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले काम गर्न नरोकेको जिकिर गर्नुभएको छ ।

असंवैधानिक कदम चाल्ने अनि काम गर्न नदिएको भन्ने आरोप झुठ भएको बताउनुभयो । संसद पुनस्थापना संगै जनताको मतलाई थप सदुपयोग गरेर लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य हिमाल शर्मा, जिल्ला इन्चार्ज बलावती शर्मा, जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा र श्रीस प्रसाद शर्माले मन्तव्य राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *