अर्थतन्त्रमा सकारात्मक संकेत

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) ले थिलथिलो बनेको नेपाल अर्थतन्त्र क्रमशः लय उन्मुख छ । कोभिडका कारण यसबीचमा सबै व्यावसाय ठप्प हुँदा अर्बौको क्षति भयो । जसले गर्दा सैयन उद्योगी व्यवसायीको उठीबास समेत लायो । साना तथा मझौला उद्योगी व्यवसायी पनि ठूलो समस्या र संकटमा परिरहेका छन् । यसको क्षति पूर्ति गर्न कति समय लाग्ला ? निश्चय यो विषय सोचनीय छ । तर, करिब एक वर्ष ठप्प प्रायः बनेको अर्थतन्त्र अहिले केही गतिशील अवस्थामा पुगेको छ । व्यापार व्यवसाय विस्तारै चलायमान हुन थालेका छन् ।

अहिले व्यापार व्यवसाय चलायमान मात्र होइन, नेपाली नेपाली अर्थतन्त्रमा क्रमशः सकारात्मक सुधार भएका संकेत र खबरहरु सार्वजनिक भइरहेका छन् । यसको एक महत्वपूर्ण उपलब्धीको रुपमा यसै साता संयुक्त राष्ट्रसंघको विकास समितिले नेपाललाई विकासशील देशमा स्तरोन्नति गर्न सिफारिस गरेको छ । यसका लागि नेपालले तीन वर्षदेखि लगातार अर्थतन्त्रमा उच्च वृद्धिदर हासिल गरिरहेका कारण यो स्तरोन्नतिको अवसर प्राप्त गरेको हो । विश्वको अति कम विकसित र हरितन्नम गरिब मुलुकका रूपमा लामो समय पहिचान बनाएको नेपालले लामो प्रयासपछि विकासशील देशको सूचिमा पुग्ने अवस्था सिर्जना भएको छ । अब नेपालले पाँच वर्षको तयारी अवधि पाउनेछ र ०८२ बाट मात्र नेपाल विकासशील देशमा औपचारिक रूपमा दर्ता हुनेछ । नेपालको स्तरोन्नति भएसँगै यसले अल्पविकसित देशका रूपमा विश्वबजारमा पाइरहेका कतिपय सुविधा र सहुलियत कटौती हुनेछ ।

मुलुकको नयाँ संविधामा उल्लेखित तीन तहको सरकारको अभ्यास गर्न थालिए सँगै राजनीतिक स्थायित्व, शान्ति र समृद्धि सुनिश्चित हुने दिशामा देशमा अग्रसर भएको विश्वास थियो । नेपाल सरकारले अर्थतन्त्रका क्षेत्रमा उल्लेख्य सुधार नगरे पनि धेरै सकारात्मक सुधार र प्रयास यसबीचमा गरेको छ । यही पहल र प्रयासका कारण नेपालले अति कम विकसित देशको सूचिबाट हट्ने अवसर छ । तर, यसका लागि नेपालसँग अझै चुनौतीका थुप्रो छन् । विकासशील मुलुकमा प्रवेश गर्न आवश्यक तीन सर्तमध्ये प्रतिव्यक्ति आयको पक्षमा अझै धेरै गर्न बाँकी छ । प्रतिस्पर्धात्मक क्षमता विकास गर्न र तुलनात्मक लाभका क्षेत्र पहिल्याएर त्यसमा लगानी बढाउन दबाब छ । यहीबेलमा देश फेरि अस्थिरता तर्फ उन्मुख छ । यसमा सबै राजनीतिक दल र नेताहरुले सुझबुझ पूर्ण निर्णय सहित देशलाई अघि बढाए भने नेपाल अवश्य विकासशील देशको सूचिमा दर्ज हुनेछ । यसले आम नागरिकको आत्मसम्मान र आत्मविश्वासमा थप टेवा दिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *