आदर्श अनलाइन, बागलुङ
मुस्ताङमा आइतबार राति चितुवाको आक्रमणबाट २२ वटा च्याङ्ग्रा मरेका छन् भने तीन बेपत्ता बनाएको छ ।
घरपझोङ गाँउपालिका-२ निवासी ५४वर्षीय श्यामप्रसाद लालचनको घरपझोङ गाँउपालिका-१ स्थित थालेवनमा रहेको च्याङग्रा गोठमा रहेका रमा (च्याङग्राको पोथी जाति) लाई बाघले आक्रमण गरेर मारेको हो ।
खोरमा रहेका २२ वटा च्याङग्रा चितुवाले मारेको र ३ वटा च्याङग्रा बेपत्ता बनाएको सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेर अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो ।