मधुमेह लागेका बिरामीले ध्यान दिनुपर्ने कुराहरु

सरोज केसी
हेल्थ असिस्टेन
धौलागिरी अस्पताल बागलुङका

शरिरमा चिनीको मात्र आवश्यक भन्दा बढि देखिनु लाई मधुमेह भएको भनिन्छ । सामान्य भाषामा मधुमेह भनेको सुगर वा चिनी रोग लागेको पनि भनिन्छ । मधुमेह रोगको समयमा उपचार गरेमा यसलाई चाँडै निको पार्न सकिन्छ । मधुमेह रोग ४० वर्ष भन्दा बढि उमेर भएका ४ जना मासिन मध्य १ जनामा हुने रोग हो । यो रोग खानपानमा ध्यान नदिनु, नियमीत शारिरीक कसरत नहुनाले लाग्ने रोग हो ।

मघुमेह रोग लागेका मानिसहरुलाई छिनछिनमा पिसाब लाग्नु, मुख सख्खा हुनु, तिर्खा लागि राख्नु, खुट्टा सुनिनु, चिलाउनु, आँखाको दृष्टिमा कमी आउनु, चोट पटक लागेमा घाउ निको नहुनु, भोक धेरै लाग्नु, हातगोडा झम झमाउनु, शरिर र गुप्ताङ्ग चिलाउनु, स्वस्थ खाना खादा पनि दुब्लाउनु, शरिर गलेको कमजोर महशुस हुने लक्षण देखा पर्दछन् ।

यस्ता खालका लक्षण देखा परेमा तुरुन्तै मधुमेह जाँच गर्ने र चिकित्सक संग सल्लाह लुनु पर्दछ । मधुमेह रोगको लक्षण देखा परेमा ख्याल गर्नुपर्ने हुन्छ । यसले कहिले काँही मानिसको ज्यान समेत जान सक्दछ ।

मधुमेह भएको मानिस चोट पटक लाग्नबाट बच्नु पर्ने हुन्छ । शरिरको कुनै पनि भागमा चोट लागेमा घाउ निको हुँदैन् । घाउ निको नहुँदा त्यही घाउबाट दिर्घकालमा ठुलो समस्या हुन हुन्छ । पछिल्लो समय मधुमेह लागेका धेरै मानिसमा हात खुटामा चोट पटक लागेर निको नहुँदा त्यही घाउँले हात, खुट्टाको औला समेत काट्नु पर्ने समस्या देखिन थालेको छ । त्यस कारणरले सकभर मधुमेह रोग लाग्नै दिनुहुँदैन् । रोग लागेमा साना भन्दा साना कुरामा ख्याल राख्नु पर्दछ ।

मधुमेह भएको मानिसको आँखा कमजोर हुने समस्या धेरै हुन्छ । त्यसको समयमा उपचार हुन नसकेमा आँखाको ज्योतिनै गुम्ने खतरा हुन्छ । त्यसका लागि मधुमेहको लक्षण देखा परेमा तुरुन्तै स्वास्थ्य संस्थामा पुगेर चिकित्सकसँग सल्लाह लिनु पर्दछ ।

शरिरको रगतमा चिनीको मात्र बढी वा कम हुँदा पनि मानिस बेहोस हुन सक्ने सम्भावन हुन्छ ।मधुमेह रोग बेलैमा नियन्त्रण गर्न सकिएन भने शरिरका महत्वपूर्ण अंगहरु मृगौला, मुटु, आँखा, रगत तथा स्नायुका नसामा नराम्रो असर पु¥याई दिर्घकालीन रोग निम्त्याउन सक्दछ । त्यस कारणले मधुमेह रोगको जाँच र उपचार समयमै गर्नुपर्दछ ।

मधुमेहका रोगीले हरेक दिन कम्तीमा ४५ मिनेट हल्का पसिना आउने गरी हिडडुल गर्ने वा योग गर्नु पर्दछ । मधुमेहबाट बच्नका लागि प्रशस्त मात्रामा फलफूल, सागसब्जी, रेशादार खानेकुरा खानु पर्दछ । शरिरको तौल उचाई अनुसारको राख्नमा ध्यान दिनुपर्दछ । चुरोट, तमाखु, बिडी खैनी जस्ता सूर्तीजन्य पदार्थको सेवन गर्नु हुदैन् ।

४० वर्ष पूरा भएका मानिसहरुले नियमीत स्वास्थ्य परिक्षण गर्ने र साना बाल बालीकालाई जन्मेको दुई वर्षको उमेर सम्म आमाको दुध खुवाउनु पर्ने हुन्छ । मधुमेह रोग लागेपछि बढि कार्बोहाइड्रे टयुक्त खानेकुरा जस्तै भात, आलु मकै खानु पर्ने हुन्छ । रातो मासु कम खाने, चिल्लो, बोसो नभएको मासु खानु पर्दछ । अण्डा र तजा माछा खाना मन लागे पनि कम खानु पर्ने हुन्छ । मधुमेह भएको मानिसले चिनी राखेको चिया नपिएको राम्रो । तर, खान मन लागेमा कम चिनी राखेको वा फिका चिया, कफी कम मात्रामा पिउनु पर्छ ।

रोगीले नुन कम खाने, झोलिलो कुरा सुप बढी खाने, अमिलो अचार खाने, बन्दा, काउली, ताजा सागसब्जी ,गोलभेडा, गाँजार, मुला प्याज काक्रो, सिजनल फलफुल प्रसस्त मात्रमा खानु पर्दछ । तरकारी पकाउदा चिल्लो पदार्थ कम प्रयोग गर्दा धेरै राम्रो हुन्छ ।

चिनी, मह, चक्लेट, गुलियो पिय पदार्थ, हर्लिक्स, चाकु, केक, आइसक्रिम, तारेका वा भुटेको खानेकुरा, घिउ जस्ता खानेकुराक खानु हुदैन् । खास गरी मधुमेह हुने मानिसले बढि फाईबर युक्त खोनकुरा खादा राम्रो हुन्छ । गहुँ, कमै, कोदो, फापारको खानेकुरा खादा मधुमेह रोगीको स्वास्थ्यमा फाईद हुन्छ । मधुमेह भएका मानिसले बियर, रक्सी जस्ता अल्कोहलयुक्त पिय पदार्थ सेवन गर्नु हुदैन् । यस्ता कुराको विशेष ध्यान दिन जरुरी हुन्छ ।

मधुमेह रोगीले लामो समय भोकै बस्नु, व्रत बस्नु हुदैन् । मधुमेह रोग लागेका मानिसले नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्ने हुन्छ । शरिरको तौल, रगतमा चिनीको मात्रा र रक्तचापको जाँच गर्नुपर्दछ । वर्षमा कम्तीमा १ पट आँखाको नानी जाँच गर्नुपर्दछ , रगतमा सुगरको मात्र, मृगौलाको जाँच, मुटुको इसिजी र दाँत जाँच गर्नु पर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *