भगवती प्राथमिक विद्यालयको २४ औं वार्षिकोत्सव

आदर्श अनलाईन, बागलुङ
भगवती प्राथामिक विद्यालय बागलुङ नगरपालिका–८ सिगानाकोे २४ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । वार्षिकोत्सव मूल समारोह कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा बागलुङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गणेश थापाले समुदाय, अविभावक र शिक्षकको सहकार्यमा मात्रै सामुदायिक विद्यालय सुधार गर्न सकिने बताउनुभयो ।

उहाँले अभिभावकले चाहेमा सामुदायिक विद्यालय सुधार गर्न सजिलै सकिने बताउदै सबैले हातेमालो गरेर सामुदायिक विद्यालय सुधारको योजना ल्याउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष देवि नेपाली, सिगाना माध्यामिक विद्यालय प्रधानध्यापक गोपाल कुमार शर्मा, नेकपा सिगाना गाउँ कमिटिका अध्यक्ष लाल बहादुर थापा, गणेश कृषि व्यवसायी सहकारीका अध्यक्ष राम बहादुर खड्का, लामिचौर माध्यामिक विद्यालयका प्रधानध्यापक चन्द्र बहादुर मल्ल, ज्ञानकुन्ज प्राथमिक विद्यालयका प्रधानध्यापक ज्ञानेन्द्र गौतम, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोविन्द प्रसाद गौतम, अभिभावक पर्वतराज खड्का भुपेन्द्र कार्की र लक्ष्मण मल्ल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट शिक्षकका रुपमा शुरेश मल्ल सम्मानित हुनुभएको थियो । विद्यालयले विभिन्न विधामा गरेको कार्यक्रमको पुरस्कार र छात्रावृति वितरण गरेको छ । वार्षिकोत्सव समारोहमा विद्यालयको कार्य योजना तथा प्रगति प्रतिवेदन विद्यालयका प्रधानध्यापक भद्र बहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षता, शिक्षक शिव कुमार खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *