आदर्श अनलाइन, तनहुँ
जिल्ला कारागार तनहुँले २५ कैदीबन्दीको स्थानान्तरण गरेको छ । आइतबार साँझ कैदिबन्दी बिच विवाद भै कारागारमा झडप भएपछि कारागारले कैदीबन्दीलाई पोखरा र हेटौडा सारेको हो ।
फेरी एकैठाउँमा राख्दा विवाद हुने ठानेर उनीहरुलाई अन्यत्र जिल्लामा रहेको कारागारमा सारिएको कारागारका सुचना अधिकारी नारायण प्रसाद अधिकारीले बताए ।
आइतबार भएको झडपमा तिन नाइकेसहित पाँच जना घाइते भएका थिए । घटना भएलगत्तै प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी प्रमुख अरुण पौडेल कारागार पुगेका थिए ।
त्यसपछि त्यहाँ राख्दा समस्या सिर्जना हुने ठानेर उनीहरुलाई अन्यत्र स्थानान्तरण गरिएको हो ।
आइतबार कारागारमा दुई पक्षवीच झडप भएको थियो ।
घाइते भएकासहित दश जनालाई पोखरा र अर्को पक्षका १५ जनालाई हेटौंडा कारागार पठाइएको सुचना अधिकारी नारायण प्रसाद अधिकारीले बताए ।
विभिन्न जिल्लाबाट आएका कैदीबन्दीहरु यहाँ आएर आफुले भनेको नाइके र चौकीदार हुनुपर्छ भन्दा विवाद सिर्जना भएको हो ।
दुई समुहको विवादपछि २५ कैदीबन्दीलाई अन्यत्र पठाइएको छ । २५ कैदीबन्दीलाई पोखरा र हेटौडा पठाएपछि जिल्ला कारागार तनहुँमा कैदी र थुनुवा गरी अहिले दुई सय ५३ जना रहेका छन् ।
कारागारको चौकीदार र नाइके हटाएर आँफुहरुले चाहेको ब्यक्तिलाई राख्नुपर्नृे माग सहित उत्रिएका कैदिबन्दी बिच बिबाद हुँदा झडप भएको थियो ।