धम्जाको सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा


–आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जास्थित माझकटेरा सामुदायिक वनमा लागएको आगलागी २० घण्टापछि नियन्त्रणमा आएको छ ।

सोमबार दिउँसो २ बजेदेखि लागेको आगो नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी, शसस्त्र र नेपाली सेनाको सहयोगमा झण्डै २० घण्टा पछि नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी शितवाल हवारीले जानकारी दिनुभयो । सामुदायिक वनमा लागेको आगो सोमबार साँझ बस्ती नजिक पुग्न थालेपछि सबै सुरक्षा निकाय परिचालन गरिएको थियो । आगलागी नियनत्रण्मा आएपछि सुरक्षा निकायहरु फर्किएको प्रहरीको भनाई रहेको छ ।

जङ्गलमा आगलागी हुँदा बन्यजन्तु तथा पंक्षीको समेत क्षती भएको स्थानीय चन्द्र भण्डारीले बताउनुभयो । लामो समय वनमा घाँस दाउरा नगर्दा बनमा छिटो आगो सल्किएको थियो । अहिले आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको प्रहरीको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *