आदर्शद्वारा भैरवनाथको निधन प्रति श्रद्धाञ्जली सभा

–आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सहकारीका शेयर सदस्यहरु जसोधा उपाध्यायका श्रीमान, विन्ध्या शर्माका बुबा, योगेन्द्रराज पराजुलीका ससुरा बाबा, सुयोग पराजुली र संयोग पराजुलीका हजुरबुबा बागलुङ नगरपालिका–३ रात्माटा निवासी भैरवनाथ उपाध्यायको निधन भएको १० औं दिनको पुण्यतिथीमा मंगलबार श्रद्धाञ्जली सभा सहित मृतकका परिवारलाई राहत हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी ‘अन्जु’, संस्थाका प्रबन्धक दिपकराज सापकोटा, प्रशासन विभाग प्रमुख कमला क्षत्री लगायतले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप रु.२० हजार रुपैयाँ मृतकका बुहारी शावित्रा शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । उपाध्यायको फागुन ९ गते निधन भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले संस्थाको सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

धौलागिरीको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ५ सय जना शेयर सदस्य, ५ करोड शेयर रकम, ३४ करोड बचत, ३१ करोड कर्जा लगानी र ४० करोड कुल सम्पत्ती रहेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *