काठेखोलामा सहकारीको प्रवद्र्धनका लागि सञ्चालित तालिम सम्पन्न

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकाले आयोजना गरेको ४ दिने सहकारी तथा कोपोमिस सम्बन्धी सचेतना तालिम बुधवारदेखि सम्पन्न भएको छ । पालिका भित्र रहेका सहकारीहरुलाई सहकारी ऐन नियम, कोपोमिस लगायतका विषयमा जानकारी गराई प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पु¥याउने उदेश्यका साथ तालिमको आयोजना गरिएको थियो ।

तालिम समापनका अवसरमा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमार्फत सदस्यको आर्थिक तथा सामाजिक स्तर माथि उठाउनका लागि सहकारीको मर्म र भावना अनुसार काम गर्नु पर्नेमा जोड दिनुभयो ।

सहकारीलाई सदस्य केन्द्रीत बनाउन तथा आम समुदायलाई सहकारीमा आवद्ध गराउनका लागि सहकारी सम्बन्धी गतिविधिलाई व्यापक बनाउनु पर्नेमा उहाँको जोड थियो । सहकारीप्रति आम समुदायको धारणामा परिवर्तन ल्याउन सहकारीका सकारात्मक विषयहरु सार्वजनिक गर्ने, सहकारी दिवस गाउँ गाउँमा मनाएर सन्देश प्रवाह गर्ने काममा पालिकाहरुको ध्यान पुग्न पर्नेमा जिसीको जोड थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष विद्यापती शर्मा र गाउँ कार्यपालिका सदस्य टिका संगम वि.क. सहकारी ऐनको मर्म र भावना अनुसार पालिकाले सहकारीको प्रवद्र्धनमा ध्यान दिने बताउनु भएको थियो ।

तालिमका सहभागीहरु कादेश वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक टोप बहादुर विक र रेश साना किसान सहकारी संस्थाका प्रवन्धक उषा थापाले तालिमबाट सहकारीका नीति नियमहरुका साथै कोपोमिसका बारेमा राम्रो जानकारी प्राप्त भएकाले व्यवहारमा कार्यान्वयन गर्न प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, काठेखोला गाउँपालिकाका सूचना अधिकृत विजय गौतम, पालिकाका सहकारी शाखा प्रमुख उत्तम पौडेल लगायतले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम काठेखोला गाउँपालिकाका आर्थिक विकास समिति संयोजक तथा वडा नं. ६ का वडा अध्यक्ष युक्तप्रसाद कंडेलको अध्यक्षता र सहकारी शाखा प्रमुख उत्तम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *