काठेखोला गाउँपालिको केन्द्र जोड्ने सडक अब कालोपत्रे

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
मध्यपहाडी पुष्पलाल लोकमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अन्तर्गत अक्षेतेबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडक कालेपत्रे गर्न शुरु गरिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग समेत कालोपत्रे गर्ने तयारीमा छ । लोकमार्गको अक्षेते खण्डदेखि बिहुँ–सुल्डाँडा–लेखानी जोड्न मूल सडकको ९ सय मिटर सडक कालोपत्रे गर्न थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ ।

गण्डकी प्रदेश सरकार पूर्वाधार कार्यालय बागलुङले नयाँ यूग कन्ट्रक्सनलाई गत वर्षको फाल्गुन ११ गते निर्माणको जिम्मेवारी दिएको थियो । एक वर्षमा सडकमा पूर्वाधार निर्माणको कार्य भइरहेको छ । चालु आर्थिक वर्षको फागुन भित्र निर्माण कार्य सकिनु पर्ने भए पनि चिसो मौससमा कालोपत्रे कम्पनीका आधिकारिक प्रतिनिधि कुमार कार्कीले जानकारी दिनुभयो ।

उक्त सडकमा ग्याविन भर्ने, सडक चौडा गर्ने, ग्राभेल तथा सव–बेसको काम सकिएको र एक हप्ता भित्र कालोपत्रेको काम थाल्ने उहाँको भनाई छ । “मौसम अझै चिसो छ, चैत्र महिनामा कालोपत्रे थालिनेछ” कार्कीले भन्नुभयो “अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेकाले कालोपत्रे छोटो समयमै सम्पन्न गर्नेछौ ।”

सडक कालोपत्रे गर्न गण्डकी प्रदेश सरकारले दुई करोड ३७ लाख ६९ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको पूर्वाधार कार्यालय बागलुङका इन्जिनियर श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उक्त सडक साढे ५ मिटर चौडा बनेको छ । मध्यपहाडी लोकमार्गको अक्षेते खण्डलाई जिरो किलो मिटर मानेर सुल्डाँडा सम्मको करिव नौ सय ८२ मिटर सडक पहिलो चरणमा कालोपत्रे हुनेछ । यो सडक कालोपत्रे भएसंगै काठेखोला गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्र सुल्डाँडा कालोपत्रे सडकले जोडिनेछ ।

ठेकेदार प्रतिनिधि कार्कीका अनुसार उक्त सडकमा एक सय २० मिटर ढलान र बाँकी खण्डका कालोपत्रे गरिनेछ । ढलानको काम सकिएको हुँदा कालोपत्रेको काम तुरुन्त सुरु गर्ने उहाँले बताउनुभयो ।

कालोपत्रे गर्ने सडकमा सधै चिसो हुने भएकाले चैत्र नलाई कालोपत्रे नगर्न प्राविधिकले दिएको सुझावका आधारमा कालोपत्रेको काम केही ढिला भएको हो । यो सडक काठेखोला गाउँपालिकाको वडा नम्बर ७ रेश, वडा नम्बर ८ लेखानी तथा वडा नम्बर ५ र ६ को पश्चिम भेगको प्रवेशद्वार हो । निकै भिरालो र जीर्ण सडकमा पटक–पटक दुर्घटना समेत हुँदै आएको थियो ।

पुरानो सडक स्तरोन्नती नभएकाले काठेखोला गाउँपालिका र वडा कार्यालयको समन्वयमा बजेट विनियोजन गर्न पहल भएको थियो । हरेक वडा कार्यालयदेखी गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने गाउँपालिकाको योजनाको उक्त सडक सहयोगी बन्नेछ ।

अहिले गाउँपालिकाको केन्द्रबाट रेश वडा कार्यालय पुग्ने सडकको केही भाग कालोपत्रे भइसकेको छ भने चार कलिोमिटर सडकमा धमाधम पूर्वाधार निर्माण भइरहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *