कसैलाई प्रधानमन्त्री प्रस्ताव नगरेको ओलीको दाबी

आदर्श अनलाइन, काठमाडौँ
प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको बताउनुभएकाे छ ।

नेकपा विप्लव समूहसँग भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा ओलीले पार्टीका केही नेताहरु आफ्नो पार्टीको सरकार ढालेर अरु कसैलाई प्रधानमन्त्री बनिदिनुस् न भनेर किस्तीमा राखेर हिँडेको बताउनुभयाे।

उहाँले आफूहरुबारे भ्रम छर्ने प्रयास भएको भन्दै अघि भन्नुभयाे, ‘हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं । कसैलाई प्राधानमन्त्री पद प्रस्ताव राखेका पनि छैनौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *