मुस्ताङ अस्पतालमा विपत् डिमो

सुन्दरकुमार थकाली, जोमसोम

मुस्ताङ जिल्ला अस्पतालले शनिबार पहिलो पटक विपत् उद्दार तथा व्यवस्थापन डिमो प्रर्दशन गरेको छ । जिल्ला अस्पतालको संयोजन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा अस्पतालले विपत् डिमो शो देखाएको अस्पतालले जनाएको छ ।

धर्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा संम्भावित विपत्का विभिन्न घटनाहरु घट्ने गरेपनि जिल्ला अस्पताल जोमसोमले भने मुस्ताङमा भई परिआउने संम्भावित सवारी दुर्घटना र घाईतेहरुलाई कसरी उपचारमा सहयोग गर्ने भन्नेबारे नाटकीय डिमो शो देखाईएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार जिल्लामा संम्भावित हुने सवारी दुर्घटनामा अस्पताल व्यवस्थापनको कार्यदक्षता, पूर्वाधार ,औषधि,उपकरणको प्रयोग र स्वास्थ्य जनशक्ती लगायतको कार्यसम्पादन जाच्न डिमो प्रर्दशन गरिएको हो । यस्तै ,अस्पतालका मेसु शिव भण्डारीले संम्भावित विपत्को सहज व्यवस्थापन स्वरुप पूर्व सर्तकता अपनाउन नाटकीय डिमो आयोजना गरिएको बताए ।

उनले बर्सेनि आन्तरिक रुपमा विपत् व्यवस्थापन संम्वन्धि गोष्ठि ,छलफल र कार्यक्रम गर्ने भएपनि अस्पतालका डिमो नाटक पहिलो भएको जानकारी दिए । अस्पतालको डिमोमा मुस्ताङको कुनै स्थानमा सवारी दुर्घटना भएको र दुर्घटनाका घाईतेलाई कसरी उपचारमा सहयोग पू¥याउन सकिन्छ भन्ने देखाईएको थियो ।

दुर्घटनाका घाईतेको गम्भिर ,मध्यम र सामान्य घाईतेको बर्गिकरण गरेर उपचार गर्ने अभ्यास गरिएको सहायक प्रजिअ जगदीश अर्यालले जानकारी दिए ।उनले डिमोबाट अस्पतालको जनशक्ती ,एम्बुलेन्स,चिकित्सक जनशक्ती ,पूर्वाधार र उपकरण लगायतको प्रयोगमा श्रोतसाधनको पहिचान गरिएको बताए । जिल्ला अस्पताल जोमसोमले दरबन्दी अनुसारको जनशक्ती उपलब्ध नहुदा अस्पतालको सेवामा प्रभावकारिता आउन नसक्ने जनाएको छ ।अस्पतालले दरबन्दी अनुसारको कर्मचारी भए कुनै पनि बेला हुने संम्भावित विपत्मा अस्पताल दिने सेवामा कमी नहुने प्रष्ट्याएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *