ऐना

प्रिय ऐना
प्रिय ऐना, जब एक्लो महसुश गर्छु तिमीलाई हेर्ने गर्छु
जब ‘म’ को याद आउँछ, तिमीलाई हेर्ने गर्छु
जब ‘म’ बाट ‘म’ हराउँछ, तिमीलाई हेर्ने गर्छु

तिमी नै त हौ, जसले मेरो आकृति पछाडिको आकृति देखाउँछौ
जब खुट्टाले हिड्न लड्बडाउँछ, उसको शक्ति छर्लङ्ग चिनाउँछौ
फरक केही छैनौ तिमी, दुरुस्त एउटै हौ भनि बुझाउँछौ

तिमीलाई हेर्दा कहिले एक्लो पाउँदिन
किनकी, हराएको ‘म’ मा छोरी, बुहारी, आमाको चित्र झल्काउँछौ
त्यसैले त जब एक्लो महसुश गर्छु, तिमीलाई नै हेर्ने गर्छु

मेरो समाजले चिन्न नसकेको मेरो अस्तित्व देखाउँछौ
चुलो, चौकोश बाहेकको संसार चिनाउँछौ
हराएको ‘म’ लाई मसँग भेटाउँछौ

तिम्रो बिम्बले मेरो आकृतिमा संसार देखाउँछौ
मेरो कम्जोर देखिने शरीरका अंङगमा उर्जा भराउँछौ
त्यसैले त जब एक्लो महसुश गर्छु, तिमीलाई नै हेर्ने गर्छु

समाजको लडाईमा हरेश खाँदा, तिमीलाई गुहार्छु
तिमी नै त हो , जो म मुस्कुराउँदा,मुस्कुराएको पाउँछु
तिमी नै त हौ, जसबाट म मेरा सारा आँट बटुल्छु
त्यसैले त जब एक्लो महसुश गर्छु, तिमीलाई नै हेर्ने गर्छु ।

यो पनि पढ्नुहोस्