अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा ताराखोलामा स्वास्थ्य शिविर

आदर्श अनलाइन, बागलुङ

जिल्लाको ताराखोला गाउँपालिकामा सोमबार स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

१ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ताराखोला गाउँपालिकाको सहयोगमा रोट्रयाक्ट क्लब अफ बागलुङ र वेलनेश टिमले संयुक्त रुपमा शिविरको आयोजना गरेको थियो ।
दुई दिन सम्म चलेको शिविरबाट ३ सय ५० जनाले सेवा लिएका छन् ।

वडा नम्बर २ को अर्गल र वडा नम्बर ४ को धस्मरमा सञ्चालन गरिएको शिविरबाट अधिकांश महिला सहित साढे ३ सय स्थानीयले सेवा लिएको रोट्रयाक क्लब अफ बागलुङका अध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिनुभयो ।

शिविरमा पाठेघर, दाँत, आँखा, अन्य सामान्य रोगहरुका चकेजाँच गरिएको थियो । चेकजाँच पश्चात मोतिया बिन्दु, जलबिन्दुका केही शङ्कास्पद बिरामी र चार जना महिलामा पाठेघरको क्यान्सरको लक्षण देखिएको पाइएको शर्माले बताउनुभयो ।

शिविरमा २५० महिलाले पाठेघरको परीक्षण गराएका थिए । ‘भिइए स्क्रिनिङ टेस्ट’ मार्फत गरिएको परीक्षणमा ४ जना महिलमा पाठेघर क्यान्सरको लक्षण देखिएको शिविरको नेतृत्व गर्नुभएका सशस्त्र प्रहरी बलका डा. बिकिसा बस्नेतले बताउनुभयो ।

शिविरमा डा.बस्नेतको नेतृत्वमा काठमाण्डौंबाट आएको टोली, धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीको टोलीले बिरामीको चेक जाँच तथा उपचार गर्दै आवश्यक परामर्श समेत दिएका थिए ।
काठमाडौँबाट सशस्त्र प्रहरी बलका डाक्टर बिकिसा बस्नेत टोलीले ताराखोला गाउँपालिकालाई ३० हजार बराबरको विभिन्न प्रकारका औषधी समेत हस्तान्तरण गरेको थियो । रोट्याक्ट क्लबले पनि दुर्गा माविका छात्राहरुलाई पुनः प्रयोग गर्न मिल्ने १५० थान प्याड वितरण गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *