ढोरपाटन आरक्षको अन्र्तक्रिया : ‘जैविक विविधता संरक्षणमा पत्रकारको भूमिका अपरिहार्य’

आदर्श अनलाइन, बागलुङ
नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र प्रसाद कँडेलले जैविक विविधताको संरक्षण अपरिहार्य भएको बताउनुभएको छ ।

सोमबार बागलुङमा सदरमुकाममा पत्रकारसँग आरक्ष कार्यालयले आयोजना गरेको ‘जैविक विविधता संरक्षणमा सञ्चार माध्यमको भूमिका विषयक’ अन्तरक्रिया कार्यक्रममा प्रमुख संरक्षण अधिकृत कँडेलले संचार माध्यम प्रति आम नागरिकको विश्वास र भरोसा धेरै भएकाले जैविक विविधता संरक्षणको अभियानमा पनि सकरात्मक भुमिका खेल्न आग्रह गर्नुभयो ।

मानव तथा प्राणी जगतको जीवन चक्र जैविक विविधताको संरक्षण बिना चल्न नसक्ने भन्दै प्रमुख संरक्षण अधिकृत कंडेलले यसमा कसैले पनि खेलवाड गर्न नहुने बताउनुभयो । प्रमुख कँडेलले पछिल्लो समय वातावरण प्रदूषण हुँदै गएको भन्दै यसले गर्दा मौसम बदलिमा समेत समस्या आएको बताउनुभयो ।

उहाँले ढोरपाटन शिकार आरक्षमा कोरोनाको समयमा चोरी शिकारी बढेको भन्दै वन्यजन्तु वृद्धिमा कमि आउन सक्ने बताउनुभयो । हरेक ५/५ वर्षमा गरिँदै आएको वन्यजन्तुको गणना यसवर्ष गर्ने तयारी भएको उहाँको भनाई छ ।

स्थानीय तथा पर्यटन क्षेत्रको विकास गर्दा वातावरणीय तथा अन्य प्रभाव र असरको यथेष्ट अध्ययन गरि गर्नु पर्ने उहाँले बताउनुभयो । अव्यवस्थित रुपमा पूर्वाधार निर्माण गर्दा वातावरणीय सौन्दर्य र पर्यावरणमा असर पर्ने भएकाले स्थानीय सरकार, सरोकारवाला र नागरिक समेतले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ । ढोरपाटनलाई पर्यटकीय गन्तव्य गराउनका लागि व्यवस्थित पूर्वाधार निर्माण गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कंडेलले ढोरपाटनमा पर्यटकलाई आकर्षित गर्ने धेरै गन्तव्य रहेको भन्दै पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको बताउनुभयो । व्यवस्थित होटल र पूर्वाधार निर्माण हुन सके ढोरपाटन मुलुककै उत्कृष्ट गन्तव्य हुन सक्ने उहाँको भनाई छ । कार्यक्रममा जिल्लामा क्रियाशिल २० भन्दा बढी पत्रकारको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *