चार महिने सीप विकास तालिम शुरु

आदर्श अनलाइन, बागलुङ
युवालाई स्वरोजगार गराउनका लागि बागलुङ चार महिने सिप विकास तालिम शुरु भएको छ । धौलागिर िएकिकृत ग्रामिण विकास केन्द्र (डिआइआरडिसी)को आयोजना तथा ओएनजिडी फ्नेलको लक्जम्र्वरको सहयोगमा चार महिने पलम्बीङ, टेलरिङ तथा मेटल वर्क तालिम शुरु गरिएको हो ।

तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले युवालाई स्वरोजगार गराउनका लागि यस्ता खाले सिप विकास तालिमले सहयोग पु¥याउने बताउनुभयो । ‘सरकारले सबै युवालाई आत्मनिर्भर गराउन नसकेको अवस्थामा गैरसरकारी संघ संस्थाले रोजगारी सृजना गर्नका लागि स्वरोजगारमूलक तालिम दिन सकरात्कम काम गरेको छ’ ढुङ्गानाले भन्नुभयो ‘यता व्यवहारीक तालिमले विदेशमानै केही गर्नुपर्छ भन्ने युवालाई सहयोग पुग्नेछ ।’

कार्यक्रममा ओएनजिडी फ्नेलको लक्जम्वर्गरका प्रतिनिधि पल गजिट र क्यामिलिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएका थिए । कार्यक्रममा धौलागिर एकिकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी)का अध्यक्ष केबी राना मगरको अध्यक्षता कार्यक्रम संयोजक शालिकराम शर्माको स्वागत तथा संस्थाका सचिव भुपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा ७५ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक शालिकराम शर्माले बताउनुभयो ।

सिलाई कटाई तालिममा २६ जना, पलम्बिङ तालिममा २३ र मेटल वर्कमा २४ जनाको सहभागी रहेका छन् । डिआइआरडिसीले युवालाई स्वरोजगार गराउनका लागि व्यवहारिक सीप तालिम दिदै आएको छ । डिआइआरडिसीले सिलाई कटाई, पलम्बीङ, ढाका बुनाई, झोला लगायतका तालिम दिदै आएको छ । यस अघि पलम्बीङ र सिलाई कटाईमा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *