होली एञ्जल्स् कप २०२१ को उपाधी शिद्धार्थ शिक्षा सदनलाई

आदर्श अनलाइन, बागलुङ
बागलुङ होली एञ्जल्स् कप २०२१ स्कुल फुटबल प्रतियोगिताको उपाधि शिद्धार्थ शिक्षा सदन स्कुलले हात पारेको छ । शनिबार भएको फाइनलमा शिद्धार्थ शिक्षा सदनले विद्यामन्दिर माविलाई ७–५ गोल अन्तरले पराजित गरेको हो ।

प्रतिययोगिता होलीचाइल्ड स्कुलको प्रायोजन र होली एञ्जल्सको आयोजनामा भएको हो । बागलुङ नगरपालिका अन्र्तगतका १० वटा विद्यालयहरुका १२ टिम सहभागिता रहेको प्रतियोगितामा शिद्धार्थ शिक्षा सदनका सौरव गौतमले वेष्ट प्लेयर, विद्यामन्दिरका निरज थापा मगरले वेष्ट किपर र आयुष बोहराले वेष्ट स्टाइकरको उपाधी पाएका छन् ।

प्रतियोगितामा प्रथम टिमले पाँच हजार, द्वितीय टिमले दुई हजार पाँच सय रुपैयाँ नगद पुरस्कार मेडल तथा ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै होलीचाइल्ड आवासीय माध्यमिक विद्यालयका विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थापक प्रिन्सिपल केवि. शाहीले कुनै पनि प्रतियोगिता सञ्चालनमा नयाँ प्रतिभा पहिचान हुने भएकोले हरेक विद्यालयले कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

विजयी खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा आयोजना हुने प्रतियोगितामा अझै मेहनत र परिश्रम गर्न सबै खेलाडीहरूलाई आग्रह गर्नुभयो । विद्यालयका प्रधानाध्यापक शारदा शाहीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा होली एञ्जल्स् फुटबल क्लवका संयोजक गणेश सापकोटाले स्वागत मन्तव्य तथा खेलकूद सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *