नेवा मिस दवूद्वारा खाद्यान्न वितरण

आदर्श अनलाइन, बागलुङ
नेवा मिस दवू जिल्ला समिति बागलुङको आयोजनामा रामानुजआश्रममा खाद्यन्न वितरण गरिएको छ ।
१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी बागलुङ जिल्लाको निरयघाट स्थित रामानुज आश्रममा चामल, चिनी, चिया, सावुन लगायतका खाद्यन्न वितरण गरिएको छ ।

यस्तै आश्रमलाई नगद ५ हजार सहयोग गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेवा मिसा दवुकी गण्डकी प्रदेश सदस्य पुष्प किरण सैजुले हामीले सहयोगी भावनालाई व्यवहारमा बदल्न सके मात्र समाज परिर्वत हुने बताउनुभयो । त्यसैले भाषण र नारामा होइन व्यहारमा परिवर्तन ल्याउनु पर्छ भन्ने धारण उहाँले व्यक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा सोही आश्रमकी सन्चालिका पुरुषोत्तम पवित्रा कला शर्माले नेवा मिसा दवु जिल्ला समितिले सहयोग गरेकोमा धन्यवाद सहिद खुसि व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम सोमना शाक्यको अध्यक्षता, उपाध्यक्ष मनमाया श्रेष्ठको स्वागत मन्तव्य र सचिव अर्चना पालिखेको सन्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *