अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा ¥याली

आदर्श अनलाइन, बागलुङ

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बागलुङमा बिबिध कार्यक्रम सहित मनाइएको छ ।
दिवसका अवसरमा सोमबार अन्तरपार्टी महिला संजाल र बागलुङ नगरपालिकाको संयुक्त आयोजनामा सचेतनामूलक ¥याली गरिएको छ ।

बागलुङको बालमन्दिर चोकबाट सुरु भएको ¥यालीले बजार परिक्रमा पछि बाल मन्दिर सभाहलमा समारोह गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहहरुले संविधानमा प्रदत्त महिलाको हक अधिकारको प्रभावकमारी कार्यान्वयन सहित श्रमिक महिलाका समस्या समाधानमा सरकार र सरोकारवाला गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले बलात्कार, एसिड आक्रमण जस्तो जघन्य अपराधमा सम्लग्नलाई फाँसी दिनुपर्ने बताएका थिए ।

कार्यक्रम महिला नेतृ बलावती शर्मा, मनकुमारी केसी, शकुन्तला शर्मा, लक्ष्मी बास्कोटा लगायतले महिलालाई अझै पनि कमजोर पात्रको रुपमा हेर्ने परिपाटी रहेको भन्दै अब त्यस्तो सोच बदल्न आवश्यक भएको बताउनुभयो ।

दिवसका अवसरमा बागलुङको काठेखोला, ताराखोला, गलकोट, बुर्तिबाङ र कुश्मीसेरा लगायतका स्थानमा पनि बिबिध कार्यक्रम गरिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *