आदर्शका सह-सम्पादक पन्तलाई सहकारी पत्रकारिता पुरस्कार प्रदान

मन कुमारी केसी, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिएको छ ।

रिलायव वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कार पोखरामा आयोजित विशेष समारोहमा भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाम्फेले दोसल्ला ओढाएर नगद १५ हजार र सम्मान पत्र प्रदान गर्नुभयो ।

उक्त पुरस्कार सहकारीको २२ औं साधारणसभाका अवसरमा घोषणा गरिएको थियो । नेपालको सहकारी अभियानका अगुवा केशव बडालको नाममा स्थापना गरिएको पुरस्कार सहकारीका सम्भावना, अवसर, बिबिध गतिविधिका पक्षमा पत्रकारिता मार्फत कलम चलाए बापत नगद १५ हजार सहितको सम्मान गरिएको संस्थाका सचिव विजयसुन्दर खड्काले जानकारी दिनुभयो । यो पुरस्कार राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गर्नुभएको हो । हरेक वर्ष रिलायवल वचत तथा ऋण सहकारी संस्थाको साधारणसभा प्रदान गर्ने गरी स्थापना भएको उक्त सम्मान यस वर्ष कोरोना संक्रमणका कारण घोषणा मात्र गरिएको र अहिले केही सहजता आए पछि प्रदान गरिएको संस्थाले जनाएको छ ।

बागलुङ र धौलागिरीलाई कार्यक्षेत्र बनाएर विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पन्त आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित तथा सञ्चालित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइनका सह-सम्पादक हुन् । यसअघि केशव बडाल सहकारी सम्मान २०७६ बाट सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष यादव हुमागाई सम्मानित भएका थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *