कक्षा १२ को परीक्षा जेठ २६ देखि सञ्चालन हुने

आदर्श अनलाइन, काठमाडौँ

कक्षा १२ को परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले जेठ २६ गतेदेखि असार ४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्डले कक्षा १२ को परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ।

तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ। त्यसैगरी जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने वोर्डजे जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *