गलकोटमा चैत दोस्रो साता होली मेला

आदर्श अनलाइन, बागलुङ
होली पूर्णिमा मेला २०७७ नजिकिएसँगै घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले ३६ औं वार्षिकोत्सव तथा होली मेला २०७७ भव्य अनि सभ्य रूपमा मनाउने भएको छ ।

संस्थाको कार्यालय मल्म सप्ताहघाटमा आज सम्पन्न कार्यसमिति, सल्लाहकार, सरोकारवालाको बैठकले मेला आयोजना गर्ने निर्णय गरेको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो । आगामी चैत १३ गतेदेखि १५ गते सम्म होली पूर्णिमा मेलाको अवसरमा विविध खेलकुद तथा सांस्कतिक कार्यक्रम सहित राष्ट्रिय स्तरका कलाकारहरुको साथमा मेला गर्न लागिएको अध्यक्ष थापाले बताउनु भयो ।

मेलाको अवसरमा बृहत कृषि मेला प्रदर्शनी, वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, सामूहिक लोक नृत्य प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने समितिका उपाध्यक्ष जीवन साहनीले बताउनु भयो ।

मेला अवधिभर जेष्ठ नागरिक, भूतपूर्व भलिबल खेलाडी, सक्रिय समाजसेवी, सफल व्यवसायी सम्मान गरिने संस्थाले जनाएको छ । मेलामा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताइएको छ । स्थापनाकाल देखि नै सामाजिक कार्यमा सक्रिय रहेको घुम्टे युवा परिवारले सामाजिक जागरणको अभियानमा आफ्नो महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

बागलुङ जिल्लाकै पुरानो संस्था घुम्टे युवा परिवार खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचानू भन्ने मुल नाराका साथ वि।सं २०४१ सालमा स्थापना भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *