भूमिराज गैरे
आज फाल्गुन २७ गते गुरुबारको दिन सूर्याेदय विहान ६ः२० भइसक्यो भने सूर्यास्त सांँझ ६ः०९ मा हुने पञ्चाङ्गमा उल्लेख गरिएको छ । पञ्चाङ्ग परिवेशमा गुरुबार त्रयोदशी तिथी धतिष्ठा नक्षत्र शिव योग भद्रा कारण मकर तथा कुम्भ राशीमा चन्द्रमा भएको देखिन्छ । फाल्गुण कृष्ण त्रयोदशीको रात्रीलाई विशेष प्रकारको रात्रीको रुपमा हामी सनातन हिन्दु धर्माबलम्बीहरुले मनाउँदै आएको कुरा सर्वविदितै छ । यो रात्री धर्मको लागि भगवान शिवको पुजा आराधना गरेर मनाउने प्रचलन एका तर्फ छ भने यसको वैज्ञानिक महत्व पनि त्यतिकै भएको पाइन्छ । किन भने हामीहरुले ४,५ कक्षामा पढ्दा मानव सभ्यताको विकास क्रममा रमापिथेकसको रुप हुँदै घुमन्ते फिरन्ते रुखका बोक्रा लगाउने शिकारी युग पार गर्दै कृषि युगमा प्रवेश ग¥यो र आजको वैज्ञानिक युग सम्म क्रमशः विकसित हुँदै आईरहेको छ भनेर पढ्ने गरिन्थ्यो । स्कुलहरुमा पढाइन्थ्यो तर यस विकास क्रमको समय सिमा कुन समय हो वा थियो भनेर कतै वैज्ञानिक लेख तथा पुस्तकहरुमा भएको भने पाईदैन ।
यसको वास्तविक समय सिमा कुन र कस्तो मौसममा मानिसहरुले नयाँ आविस्कारको ज्ञान प्राप्ति गर्दै विकसित बन्दै गयो त भन्ने विषयमा यस शिवरात्री व्रतकथाको महात्म्यको गहन अध्ययन गर्ने हो भने मानव सभ्यताको विकास क्रमको वार्षिकीको रुपमा पनि यो पर्वलाई मनाउँदै लानुपर्ने बैज्ञानिक तथा यस भित्र देखिन्छ । प्रसंग एउटा घुमन्ते शिकारीको शिकार खेलाइबाट सुरु हुन्छ । सधंै यसले दिनभरी शिकार गरी वनमा जे जस्तो पशुपंक्षीको शिकार फेला पार्छ, त्यही शिकार ल्याई आफ्ना लाला बाला बच्चा पालिरहेको एउटा शिकारीको कथा व्यथाबाट महात्म्यको कथा सुरु हुन्छ । सधंैभरी शिकार योग्य फेला पार्दैन, त्यो दिन शिवरात्रीको दिन रहेको हुन्छ । दिनभरीको शिवरात्रीको पुजामा अलमली बेलुका पाखा डाँडा माथि घाम बसि रहेको समयमा आफ्ना लाला बालाको बचाउको लागि ऊ सधैं आफूले नित्य गर्दछ । धातु बावको ठोक्रो र पाती पिउने अंखरा लिई जंगल प्रवेश गरी एउटा अघोरको निर्जन वनमा पुग्दछ । जहाँ तल तिर ठूलो तलाउ रहेको हुन्छ र आडमा बेलपत्रको वृक्ष रहेको हुन्छ । त्यो रुखको फेदमा प्राकृतिक शिव लिङ्ग गुप्त रुपमा रहि रहेको हुन्छ । त्यहाँ पुग्दा झमक्कै रात पर्छ तर शिकारीले कुनै पनि शिकार भेटेको हुँदैन । उहाँले एकै छिन केही साना विचार गरी अंखरामा तलाउबाट पानी लिँदा धनुष वाण भिरी त्यस बेलपत्रको वृक्षमा झर्छ र त्यहाँ पानी पिउन आउने कुनै पनि जन्त जनवारलाई बाघ हात्ती शिकार प्राप्त गर्न उसको दृढ हुन्छ र आंकाक्षा रहेको हुन्छ ।
रातको पहिलो प्रहर पनि बिति सक्यो तर त्यहाँ कुनै पनि जिवजन्तुको आगमन भएको थिएन । ऊ आधा शिकार नपाउने चिन्ताले व्याकुल भैरहेको थियो । त्यसै बेलामा एउटी बच्चा सहितकी मृगिणी पानी पिउन आउँदै व्याधाले त्यस रुखबाट देखेर बाव हान्न तयार हँुदा त्यस मृगिणीले आफ्नो भाषामा कुरा गर्छ तर त्यो बाघले यस्तो बुझिरहेको हुन्छ ।
स्थिरो भव महाव्याधः सर्वजीवनिकृन्तनः
किमर्थम् हन्तुमुद्युक्तः कथयस्सम् मम प्रभो ।
हे महाव्याधः एकैछिन रोक, तिमीले केका लागि मलाई मार्न खोज्दैछौ ? यहाँ उसले आफ्ना लाला बालाको पोषणका लागि बनाउँछ, त्यसो हो भने म पति मेरा मृग तथा लाला बालालाई भेटेर आउने बाचा भयो । मलाई पनि तिनीहरुको माया लाग्छ, बरु पछि मारौला भनेर जान्छे । त्यस पछि रातको तेस्रो प्रहर पनि बित्दै गर्दा त्यसकी बहिनी मृगिणी जो गर्भवती हुन्छ, त्यो पानी पिउन आउँछे । त्यसलाई पनि बाघले मार्न खोज्दा आफ्ना दिदीलाई मृग समेत कुटुम्बलाई भेटेर आउने बाचा हुन्छ र जान्छे । यस्तै क्रममा रातको चौथो प्रहर पनि जब बित्न लागेको हुन्छ, मिरमिरे उज्यालो हुन थालेको हुन्छ । तब त्यो मृग पनि पानी पिउन आईरहेको हुन्छ । त्यससँग पनि आफ्ना मृगिणीहरु र बाल बच्चालाई भेटेर आउने बाचा हुन्छ र फर्की जान्छ । तीनै जना मृग मृगिणीहरु आफ्नो बासस्थानमा भेट हुन्छन् र आफूले मृग संग गरेको बाचाको भलाकुसारी गर्छन् । र जे भए पनि मर्न परे एकैचोटी मर्ने अठोट गर्छन् र आफ्ना बालबच्चालाई राम्रो संग बस्नु, नआत्तिकन । हामीहरु त बाचा हारी सक्यौ, हामीहरु व्यधाको शिकार हुन जाँदैछौ । यदि आफ्ना बाल बच्चा संग बिदा भई व्यधा भएको ठाउँमा आईपुगी हामीलाई अब शिकार बनाउनु होस्, हामी आइ पुग्यौ भन्ने कुरा हुन्छ । यस्तो अवस्थामा तीनै मृगा मृगिणीहरु एकै चोटी बाचा अनुसार आएको देख्दा व्यधाको मन परिवर्तन भई बालबच्चा पाल्ने तर्फ विकल्पको पहिचान भई सकेको हुन्छ र ती मृग मृगिणीलाई नमारीकन बनमा भएका गिठा भ्याकुरहरुलाई आफ्ना बालबच्चाको पालन पोषण गर्ने प्रचलन बढ्दै गएको एउटा व्यधाको दृष्टान्तबाट पुष्टि गर्न खोजिएको छ ।
यसबाट के बुझिन्छ भने समय पनि न जाडो न गर्मी ? फाल्गुन महिनाको कृष्ण पक्षको त्रयोदशी तिथी रात्री अति मनमोहक हुन्छ भने अर्को तर्फ बेलपत्र र जल शिवलिङ्गमा नमानिकन भए पनि पढ््दै गर्दा विचार परिवर्तन हुदै गएको प्रसंग कथामा भेटिनुले र पशुपंक्षीहरुमा पनि चेतना र माया ममता हँुदोरहेछ भन्ने कुराको बोध हुने र पशु बाक्य बुझन स्वतः कुरा कथा दृष्टान्त भएकोले यो रात्री विशेष तर्फ ज्ञान प्राप्तिको बैज्ञानिक रात्री पनि हो भन्ने मत सोही दृष्टान्तले प्रष्ट गरेको छ ।