माओवादी केन्द्रले स्थापना ग¥यो पार्टी कार्यालय

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले बुधबार पार्टी कार्यालय स्थापना गरेको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएपछि साविक एमालेकै पार्टी कार्यालयबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी गतिविधी सञ्चालन गर्दै हुँदै आएको थियो ।

सर्वोच्च अदालतको आदेशले आइतबार एकिकरण पछि बनेको नेकपा खारेज गरिदिए सँगै माओवादी केन्द्रले आफ्नै कार्यालय सञ्चालनमा ल्याएको हो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरण अघि नै ऋषि कट्टेलको नाममा दर्ता भएसकेकोले उक्त पार्टी खारेज गर्दै साविककै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको थियो । नेकपा एमालेले मंगलबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साइन बोर्ड फेरेर नेकपा एमालेको बोर्ड राखिसकेको छ ।

नेकपा माओवादी केन्द्रका नेता अनिल गैरेले बागलुङ नगरपालिका–३ सिर्जनाटोलमा पार्टी कार्यालय स्थापना गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *