गलकोटकाे काउछेमा ट्याक्सी दुर्घटना

आदर्श अनलाइन, बागलुङ

गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीको काउछेमा बिहीबार ट्याक्सी दुर्घटना भएको छ ।

सडक छेउमा रोकि राखेको ध १ ज ५७० नम्बरको ट्याक्सी अचानक गुडेर दुर्घटना भएको इलाका प्रहरी कायालय गलकोटका प्रहरी निरीक्षक अर्जुन बम मल्ले जानकारी दिनुभयो ।

लामो समय नचलाई राखेको ट्याक्सी चालकले स्टार्ट गरेर सडक छेउमा राखेर बाहिर गएको समयमा ट्याक्सी गुडेर दुर्घटना भएको हो । दुर्घटनाग्रस्त ट्याक्सी सडकबाट करिब २० मिटर तल खसेको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको मल्लको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *