तमानखोलामा पिकअप दुर्घटना: एकको मृत्यु, गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

आदर्श अनलाइन, बागलुङ

जिल्लाको तमानखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना भएको छ ।

ढोरपाटनको बुर्तिबाङ बजारदेखि तमानखोलाको बुंखानी हुँदै पहिरा भन्ने स्थानमा जाने क्रममा ग १ ज ५७०५ नम्बरको पिकअप जिप महवीर गैरामा दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इकबाल हवारीले जानकारी दिए । मृत्यु हुनेमा तमानखोला १ का १७ वर्षिय मिना रसाइली रहेको उनले बताए ।

दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तमानखोला १ का २५ वर्षिय कोपिल रसाइली, सोही स्थानका ३५ वर्षिय दमे बिक, २२ वर्षिय चालक सुशिल रसाइली, २५ वर्षिय किरण बिक, १२ का गोपाल बिक रहेका छन् ।

घाइते मध्ये गम्भीर ३ जनालाई प्रभुको हेलिकप्टर मार्फत उपचारको लागि पोखरा लगिएको छ भने दुई जनालाई पनि हेलिकप्टर मार्फत पोखरा लैजाने तयारी भइरहेको छ । घाइतेहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ । पिकअप बाटोदेखि करिब ३५ मिटर तल खसेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *