प्रधानमन्त्रीले सबै संयन्त्र ओलीकरण गर्न थाले–गगन थापा

डम्मर बुढा मगर, बागलुङ
नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै संयन्त्रलाई ओलीकरण गर्न खोजेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस सम्वद्ध शुभेच्छुक संगठन नेपाल शिक्षक संघ बागलुङको २० र २१ औँ जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य थापाले प्रधानमन्त्री ओलीको नियत ठिक नभएको बताउनुभयो । उहाँले एक पछि अर्को सबै संयन्त्र कब्जा गरी लोकतन्त्रलाई धराशायी पार्न खोजेको बताउनुभो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको नियत ठिक छैन, उहाँले सबै संयन्त्रलाई कब्जा गरेर ओलीकरण गर्न खोज्नुभयो,’ थापाले भन्नुभयो ‘अब उहाँको यो कार्यशैलीले लोकतन्त्र ध्वस्त हुने अवस्थामा पुगेको छ, यसको विरुद्धमा सबै जागरुक हुनु पर्ने बेला आएको छ ।’

थापाले अब कम्युनिस्टलाई जनताले चिनी सकेको भन्दै मुलुकलाई निकास दिने कांग्रेस बाहेक अरु पार्टी हुनै नसक्ने दाबी गर्नुभयो । उहाँले ओलीले कम्बोनियाको जस्तै नक्कल गर्न खोजेको जिकिर गर्दै उनको विरुद्ध बोल्ने सबैलाई नियन्त्रण गर्न थालेको बताउनुभयो ।

‘प्रधानमन्त्री ओलीले यो देशलाई पनि कम्बोनिया जस्तो बनाउन खोज्नु भएको छ, जो आफ्नो विरुद्धमा बोल्छ, त्यसको मुख थुन्ने, जसले आफ्नो विरुद्धमा लेख्छ त्यसलाई जेल हाल्ने, अदालत आफ्नो कब्जामा पार्ने काम भएको छ,’ थापाले भन्नुभयो ‘यो मनपरी अराजकता रोक्ने काम कांग्रेसले गर्नुपर्छ, कम्बोनिया र नेपालमा धेरै फरक छ, त्यहाँ कांग्रेस थिएन, यहाँ कांग्रेस छ, हामीले रोक्छौँ ।’

सम्मृद्धिको नक्कली नारा दिएर मुलुकलाई अधोगति तर्फ धकेलेको भन्दै मुलुकको मुहार फेरिनुको साटो देश बर्बादी तर्फ गएको थापाले बताउनुभयो । प्रधानमन्त्री ओलीले दुई वटा पार्टी गाभेर नक्कली पार्टी बनाई जनतालाई झुक्याएर सत्तामा पुगेको थापाको आरोप थियो । थापाले अब जनता सजग हुनुपर्नेमा जोड दिनुभयो ।

अब कांग्रेस निर्वाचनबाट मात्रै सत्तामा जाने भन्दै कसैको लोभ लालचमा नलाग्ने थापाको भनाई थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *