जीवनकुमार शाक्य
घटना परिदृश्य
म्याग्दी जिल्लाको गाउँको एक जना ब्रिटिस आर्मीको लाहुरे छुट्टिमा खुसी भएर घर आउन आवश्यक सरसामान पैसाका साथ जहाजमा बसेको हुन्छ । जहाजमा टिकटको पैसाले खाना, रक्सी निशुल्क पाउने हुनाले जवान राम्री एअर होस्टेजले दिएको विदेशी रक्सी मजाले थप्दै लाग्ने गरेर पिउँछ । रातमा एअरपोर्टमा जहाज उत्रे पछि नजिकै आएको ट्याक्सीमा बल्लतल्ल सामान राख्छ । चिनेको होटलमा लैजान ट्याक्सी चालकलाई भन्छ । रक्सी बढी पिएकाले लाहुरेलाई निद्रा लाग्छ । चालकले ग्राहक मालदार, रक्सीले अचेत लाहुरे भएको चाल पाएपछि ल्याएको पैसा सामान सबै लुट्ने योजना बनाउँछ । चालकले निदाएको लाहुरेको पर्स बिच बाटोमा खल्तीबाट झिक्छ र भनेको होटल भन्दा सुनसान ठाउँमा ल्याएर लाहुरेलाई भुइमा झारेर सुताउँछ । र गाडी आफनो घर तिर कुदाउँछ । लाहुरे ब्युझिए पछि आफू लुटिएको थाहा पाउँछ । चिनेको होटलमा गएर सवै कहानी भनेर होटलवाला सँग केही पैसा सापट मागेर रुँदै रित्तै घर फर्किन्छ ।
हामीमा पनि होश वा सचेतपनको धेरै कमी छ, हामीले पनि पैसा सामान गाडीमा चढ्दा लिन बिर्सेको, हराएको, कसैले पाकेट मारेको थाहा नै पाउँदैनौ र धेरै हानी नोक्सानी बेहोरेका छौ । होश नहुँदा, घाँस काट्न रुख चढ्दा रुखबाट या भिर पहराबाट लडेर ज्यान गुमाईरहेका छौ, कतै ठोक्किएका छौ, पछारिएका छौ, हाम्रा कति गलत सोचाई, धारणा, गल्तीले ग्याँस पड्केर घर जलाईरहेका छौ । जुवा, रक्सी, नशा र यौन वासनामा धेरैले आफना जिन्दगी खेर फाल्ने गरिरहेका छन् । आईपर्ने कठिन चूनौतीपूर्ण काम कुराहरुमा आफूलाई कमजोर ठान्ने र हार मान्ने सोँचले ठूला गल्ती कमजोरी गरेर हानी नोक्सानी बेहोरेका छौं । खुसीका क्षणहरुमा उत्तेजित भई मात्तिने र दःुखका क्षणहरुमा संसारै दुबे जस्तो गरी बोली व्यवहारहरु गरिरहेका हुन्छौ । कतिपय काम कुरो गर्ने क्रममा होश सम्हाल्न नसक्दा वा कसैको दबाब या बाध्यताले ठूला साना गल्ती कमजोर गरिरहेका छौ । यस्ता गल्ती कमजोरीले हुन सक्ने गम्भीर हानी नोक्सानी बेइज्जतिका साथै साथीभाइ, आफन्त र छरछिमेकसंग चिसोपन, झै–झगडा बढाउने, पछुताउने, चिन्ता गर्ने र तनावमा जीवन बर्बाद गर्छौ, आत्महत्या गर्ने, मर्ने मार्ने जस्ता जघन्य अपराध गरिरहेका छौं । सत्तामा हुनेहरुले पैसा सुविधका लोभले गर्दा वा कसैको भय, दबाबमा परेर देशलाई घात गरेका, भ्रष्टाचारले उद्योग धन्दा कृषि, विकास चौपट पारेका इतिहास हामीले देखिरहेका छौ, जनता रोजगार विहिन भइरहेका छन् ।
जिब्रोको स्वादका लागि सफा, पोषिलो सुरक्षित, खानपान उचित समय र ठिक मात्रामा नखाएर मुटु, कलेजो, मृगौला पेट, दिमागमा उच्च रक्तचाप, चिनी रोग, क्यान्सर, थाइराइड, पत्थर पर्ने घुँडा दुख्ने लगायत टाइफाइड, एपेन्डिसाइटिस, ग्यास्ट्राइटिस आदि तत्कालै अपरेसन गरिहाल्नु पर्ने र धेरै सर्ने नसर्ने रोगहरुबाट बिरामी भइरहेका छौं, जिन्दगी पैसा, श्रम समय बर्बाद गरिरहेका छौ, आफ्ना छोरा छोरीलाई टुहुरा बनाइ रहेका छौं ।
जरुरी आवश्यकता
हामी श्वास नलिइकन ३ मिनेट पनि बाँच्न सक्दैनौ, यसका कारण मुटुको ढुकढुकी चलिरहेको छ । शरीरका सबै अंगहरुले काम गरिरहेका छन् । पानी नखाइकन तीन दिन पनि बाँच्न कठिन हुन्छ । भोजन विना हामी १५ दिन भन्दा बढी बाँच्न सक्दैनौ । चिसो तातो गर्मी पानी हावाहुरीबाट बँच्न हामीलाई कपडा, जुत्ता, घर पनि चाहिन्छ । हामीलाई परिवार चाहिन्छ । कूनै पनि काम सहज, शान्त, सन्तोष र सफलतापुर्वक सम्पन्न गर्न आफन्त, साथीभाई, छरछिमेकको साथ चाहिन्छ । जीवन सहज, शान्त, सफल र खुसीको लागि शील सदाचार नियम, कानुन अनुशासन अर्थात् पञ्चशील वा काम व्यवहारको उचित संस्कार चाहिन्छ । बाबु बाजे र परम्परा देखि चलिआएको, मानि आएको भनेर श्रम, समय, पैसा बढी खर्च हुने सवै संस्कारहरुः पुजाआजा किरिया, कर्म काण्ड, धार्मिक अनुष्ठानहरुलाई आँखा चिम्लेर होइन, थाहा पाएर बुझेर जानेर मात्र अपनाउन जरुरी छ । जीवनमा गल्ती कमजोरी भुल नहोस्, यसको लागि होश, चेतना, सजगताका साथै आफनो शक्ति, सामथ्र्य, हिम्मत, साहस थाहा पाउन, पहिचान गर्न योग, व्यायाम, प्रणायाम, ध्यानको संस्कार संयन्त्र अति जरुरी छ । ध्यानको लागि आफ्नै श्वासको प्रकृति स्वभाव, धड्कन, यसको विभिन्न भागमा परेको चाप दबाब र हुने सोच भाव विचारबारे अध्ययन गर्न थाहा पाउनु पनि अति जरुरी छ । ताकि हामीलार्इृ हामी आफै भित्र रहेको कमजोरी, गल्ती, दुःख, कष्टको स्वभाव साथै शक्ति, सामथ्र्य, साहस, धैर्य आदि सकारात्मक स्वभाव वा गुणहरुबारे वास्तविक रुपमा परिचय होस् । हामीलाई हामी भित्र रहेको रहेको शान्ति, सन्तोष, आनन्दको पहिचान गरेर अनुभुत गर्न सकियोस् । प्रत्येक मान्छेमा सुख दुःख, राम्रा नराम्रा होश, बेहोस, डर, त्रास, साहस, सामथ्र्य, हिम्मत, असन्तोष, अशान्ति, शान्ति, आनन्द दुवै प्रकारका शक्तिहरु हुन्छ । तपाई हामीले कसलाई बढी जोड, कसलाई बढी ध्यान, कूनलाई बल दिने खानपान गर्छौ ? मात्र यसलाई थाहा पाएर जानेर जीवन जिउन सक्नुपर्छ यही ध्यान हो । ध्यान स्मृति हो, वर्तमानमा स्मृति केन्दित गर्न सक्नु पर्छ । महादेव विष्णु रामले पनि ध्यान गरेको हामीले धार्मिक पुस्तक टिभीमा देखेका छौ । इश्वरले त आफू भित्र रहेको महाशक्ति वा झन् ठुलो इश्वरको ध्यान गर्छन् भने हामी त मान्छे ध्यानलाई जीवनमा आत्मसाथ गर्नै पर्छ ।
ध्यान र शान्तिको अनुभव
एकजना जिज्ञासु युवकको अनुरोधलाई स्वीकार गर्दै एक सन्तले ध्यानको बारेमा प्रयोगात्मक रुपमा राम्ररी सिकाउन एउटा शान्त तलाउमा लैजान्छ र तलाउमा हेर्न भन्नुहुन्छ । तलाउमा हेर्दा के देखिन्छ ? भनेर सोध्नुहुन्छ, आफनो छवि देखेको कुरो बताए पछि, एउटा ढुंगा तलाउमा फाल्न भन्नुहुन्छ । ढुंगा फाल्दा पानीमा तरंग छाल पैदा भएर आफनो रुप वा छवि अब नदेखिने हुन्छ । युवकले आफनो छवि देख्न पटक–पटक ढुंगा फाल्छ, तर देख्न सक्दैन । त्यसपछि सन्तले युवकलाई मन तलाउ जस्तै शान्त बनाउन सक्नुपर्ने भन्छन् र ढुंगा नफालेर शान्त, धैर्य भएर केही समय बस्न भन्छ । तलाउ पानीको तरंग छाल मेटिए पछि पुनः हेर्न भन्छ, तब युवकले आप्mनो आकृति देख्छ । मनलाई अनावश्यक सोच भावले आक्रान्त गर्दा वा धेरै चिजवस्तुको मोह, चाहना र अहंकारले ग्रसित हुँदा पानीको छाल जस्तै विचारको छाल आएर आफूलाई देख्न, हेर्न, सतर्क हुन नसक्ने सन्तले युवकलाई सिकाउनु हुन्छ ।
विचार भाव बिल्कुलै शान्त, शिथिल, विश्राम अवस्थामा हुनु ध्यान हो । तर, यस्तो शान्त निश्चल स्वच्छ अवस्थामा पुग्नु वर्तमानको यस्तो विषम परिस्थितिमा त्यति सजिलो पनि छैन । किनभने मनले केही पाउने लोभ, मोह, अहंकार वासनाको सोच विचार गरिरहेको हुन्छ । यसलाई थाहा पाएर सचेत भई स्वीकार गर्ने र विना प्रतिक्रिया हेर्ने निरीक्षण गरिरहने धैर्य अति आवश्यक हुन्छ लामो समय सम्म । कसैले ध्यान भनेको इश्वरको आराधना गर्नु हो भन्छन् । ्इश्वरको आराधना गर्दा शान्ति आनन्दको अवस्था पाउन सकिदैन वा ध्यान फलित हुँदैन वा मनभित्र दबिएका ग्रन्थी, कुण्ठा दुषितहरु बााहिर निकाल्न सकिदैन, बाहिर ननिकाले सम्म मन शरीर पवित्र हुँदैन भन्छन् भिक्षु, ओशो र सन्तहरु ।
भगवान बुद्ध, सन्त महन्तहरु ध्यान पाउन पञ्च, अष्टशील साधना गर्नुपर्ने, खानपान सात्वीक वा शाकाहारी हुनुपर्ने देशना दिनुहुन्छ । साथै सम्यक व्यायाम प्रणायाम, विहान बेलुकी अपनाउन, श्वास, मनको भाव, विचार धड्कन, कम्पन, वेग, लहर प्रति विना प्रतिक्रिया स्वीकार गर्दै एकत्रित अवलोकन गर्न भन्नु हुन्छ । व्यायाम प्रणायाम विधिपूर्वक गर्दा शरीरको कोषहरुको अंगहरुको विस्तार हुन्छ, चाहेको ठाउँमा लैजान बटार्न सकिन्छ, खराब तत्वहरु, चिन्ता कुण्ठा पनि विसर्जन हुन्छ । मन शान्त आनन्द बनाउने ग्रन्थीहरु हर्मोनहरु विस्तारै पैदा भएर मन सहज, शान्त, शिथिल हुन्छ । होश, चेतना, सजगता जागरुकता शक्ति बढ्दै जान्छ । फलतः रोग प्रतिरोधात्मक शक्तिको विकास पनि हुन्छ । ध्यान विहान शान्त, एकान्त, सफा, स्वच्छ कोठामा केही नरम ओछ्याउने कोठामा एक्लै वा सामूहिक गरिने प्रक्रिया हो । तर योगा व्यायाम प्रणायाम पछि ध्यान बस्दा फलित हुने हुन्छ ।
भवतु सव्व मंगलम् ।