पत्रकार महासंघ युरोपको अध्यक्षमा बागलुङका खातिको उम्मेदवारी घोषणा

आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघ युरोप शाखाको आसन्न निर्वाचनका लागि पत्रकार महेश कुमार खातिले उम्मेदवारी घोषणा गरेका छन् ।

आफु अध्यक्षमा उठ्न लागेको घोषणा आफ्नो फेसबुक मार्फत शुक्रवार सार्वजनिक गरेका हुन् । ‘पत्रकारिता आफैमा परिवर्तनको संवाहक हो र पत्रकारिताले परिवर्तनको आवाज उठाउँछ । अवको नया कार्यसमितिमा म अध्यक्षमा उठ्छु ।’

खातिले लेखेका छन् । बागलुङको सिगानामा जन्मिएका खातीले लामो समय धौलागिरीको पहिलो रेडियो धौलागिरी एफएममा काम गरेका थिए । त्यसको केही वर्ष पछि पोखरालाई कर्मथलो बनाएका उनले आदर्श नेपाल दैनिक लगायतमा पनि काम गरेका थिए ।

हाल महासघको सचिव समेत रहेका खातिले युरोपमा नेपाली पत्रकारिताको श्रीवृद्दि गर्न आफु लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
सबै अग्रज र समकालीन साथीहरु सबै मिलेर अघि बढ्न र युरोपमा कार्यरत पत्रकारलाई गोलबन्द बनाई संस्थागत हितलाई प्रबन्धन गरि अगाडी बढाउन प्रयत्न गर्ने जनाएका छन् ।

निर्वाचनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समित केन्द्रीय प्रतिनिधि चिरन शर्मा, निर्वाचन समितिका संयोजक राजेश चाम्लिङ राई र सदस्यहरु, प्रर्यवेक्षक नरेश खपांगी मगरलाइ जिम्मेवारी दिइएको छ ।

खातीको फ़ेसबुकमा उम्मेदवारी घोषणा र प्रतिवद्धता यस्तो छ । असली अर्थात स्वच्छ, निष्पक्ष र पारदर्शी पत्रकारिता सधैं विधि, पद्धति र लोकतन्त्रको पक्षधर हुन्छ । आवधिक निर्वाचनमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व परिवर्तन लोकतन्त्रको सौन्दर्य हो ।

लोकतन्त्रका तिनै मूल्य मान्यतालाई शिरोपर गर्दै निकट भविष्यमा हुँदै गरेको नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्ने निर्णय गरेको छु । पत्रकारिता आफैमा परिवर्तनको संवाहक हो र पत्रकारिताले परिवर्तनको आवाज उठाउँछ ।

हामी परदेशमा रहेका पत्रकार जसले यहाँको प्रविधि, कला, बिकास, मानवीय मूल्य, संस्कार र सुसंस्कृत समाज देखेका र भोगेका छौं । लेखेर र संचार माध्यम मार्फत अरुलाई जे भन्छौं सुरुवात पनि हामीबाटै हुनुपर्छ भन्ने मान्यता राख्दछु ।
यसपालिको अधिवेशनबाट सम्पूर्ण सहकर्मी पत्रकार अग्रज र शुभ चिन्तकहरुबाट  परिवर्तनका पक्षको मेरो उम्मेदवारीलाई साथ दिनुहुनेछ भन्ने विश्वास गरेको छु ।

संधै सही मार्ग देखाउने पत्रकारितामा आबद्ध हामी सबै पत्रकारहरु फ्रन्टलाइनमा हुन्छौं । केही समयदेखि युरोप शाखामा विवाद, जटिल अवस्था र विभिन्न शिरामा बाँडिएका छौं । विधि र पद्धति अनुसार अब सबै मिलेर जानुको विकल्प छैन ।

यसै मार्फ़त आह्वान गर्दैछु सबै अग्रज र समकालीन साथीहरु सबै मिलेर अघि बढौं । युरोपमा कार्यरत पत्रकारलाई गोलबन्द बनाई संस्थागत हितलाई प्रबन्धन गरि अगाडी बढाउन प्रयत्न गर्नेछु ।

पत्रकार र पत्रकारिताको मुल मर्म पेशागत हित नै प्रमुख हो । हाम्रा आ–आफ्ना राजनीतिक तथा अन्य आस्था र विचार होलान् । तिनलाई परै राखेर सबै एक भएर संस्थागत र साझा हितमा लाग्नुपर्ने आवश्यकता छ ।

युरोपमा रहेका सबै पत्रकार र पत्रकारिताको क्षमता अभिवृद्धिका लागि बदलिँदो प्रविधि सुहाउँदो नियमित तालिम तथा क्षमता अभिवृद्धि पहिलो प्राथमिकता हुनेछ ।  

अहिले सबैको आँखा युरोप शाखामा केन्द्रित छ । सन् २०१२ का संस्थापकदेखि हालसम्मका अध्यक्ष र कार्यसमितिको योगदानले यो अवस्थामा महासंघ छ । अब सबैको साथ र सहयोगबाट विधिसम्मत सहि तवरले अवतरण गराउन सकारात्मक भूमिका निभाउनु हुनेछ भन्ने पूर्ण विश्वास छ ।

युरोपमा नेपाली पत्रकारिता फष्टाउँदै गइरहेको छ । अझै ब्यवस्थित र व्यवसायिक बनाउनु आवश्यक छ । यसमा सबैको साथ र सहयोग हुनेमा पूर्ण विश्वास छ । महासंघ युरोप शाखा र अग्रजहरुबाट शुरु भएका प्रभावकारी कार्यहरुलाई निरन्तरता दिन प्रतिबद्ध छु ।

पत्रकार अग्रजको सम्मान, समकालिनलाई प्रोत्साहन र युरोपको नेपाली समाजको हितका लागि समय सुहाउँदा कार्य गर्न गराऊन म बाट हुन सक्ने प्रयत्न गर्नेछु । मर्यादित, निष्पक्ष र स्वतन्त्रता पत्रकारिताको मूल मन्त्र हो । यसलाई आत्मसात गरेर पेशागत र व्यवसायिक बनाउनुपर्दछ ।

युरोपमा रहेका नेपाली राजदूताबास, कूटनीतिक निकाय, क्रियाशील सामाजिक तथा राजनीतिक संघसंस्था गैरआवासीय नेपाली संघ, खेलकूद, संस्कृति, साहित्य, बाणिज्य तथा पर्यटन संग सम्बंधित संघ संस्थाहरु लगायत नेपाल र नेपालीको हकहितको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा दृढ छु ।

शासन ब्यक्तिको हैन विधिको हुनुपर्छ भनेजस्तै छिट्टै हुन गइरहेको नेपाल पत्रकार महासंघ, युरोप शाखाको निर्वाचन विधान अनुसार लोकतान्त्रिक पद्धति मार्फत सफल पार्न सबै साधारण सदस्य, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, अग्रज पत्रकार, केन्द्रीय प्रतिनिधि चिरन शर्मा, निर्वाचन समितिका संयोजक राजेश चाम्लिङ राई र सदस्यहरु, र्प्रवेक्षक नरेश खपांगी मगर र सम्पूर्ण सबैमा हार्दिक विनम्र अनुरोध गर्दछु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *