नेकपापछि एमाले पनि विभाजित !

सम्पादकीय
नेपालमा कम्युनिष्ट पार्टी नाम र दाबी गरिएका पार्टीहरुको विगत फुटहरुबाट मुक्त छैन । उसो त फुटको गञ्जागोलबाट नेपाली कांग्रेस होस् या मधेसी दलहरु पनि किन नहोस् । सबैजसो सँग बिभिन्न कालखण्डमा पार्टी बिभाजनको नमिठो अनुभव अनूभुति छ । यस्तो बिभाजन विशेष गरेर सत्ता र शक्तिमै भएको बेला र यहाँ पुग्ने अनुक्रममै अझ बढी हुने गरेको छ । यही कारण नेपालको राजनीति वर्षौदेखि अस्थिरताको भूमरीमा छ । नेपालका राजनीतिक दलहरु बिभाजित हुनुमा आन्तरिक सैद्धान्तिक, वैचारिक कारण कम छन् । अधिक अवसर स्वार्थहरु बाझिए पछि र बैदेशिक शक्तिको भित्रि चाहना र स्वार्थ अनुसार पनि राजनीतिक दलहरु जनताको अपेक्षा, चाहना विपरित बिभाजित हुने गरेका दर्जनौ घटना र उदाहरण छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनमा २ जेठ २०७५ एक स्वर्णिम दिनको रुपमा स्थापित भएको घोषणा गरियो । जतिबेला तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच चामत्कारिक रुपमा पार्टी एकता घोषणा गरियो । स्वभाविक थियो कि यो एकताले मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिको दिशामा महत्वपूर्ण कोशेढुंगाको रुपमा काम गर्नेछ । चुनावी कार्यगत एकतामा प्राप्त उल्लेख्य जनमतबाट हौसिएर दुई पार्टीबीच हठात एकता त घोषणा गरियो । तर, यसको यथेष्ट सैद्धान्तिक, वैचारिक, एकताका अरु बलियो आधार जग तयार गर्ने सन्दर्भमा गम्भीर कमजोरी थियो भन्ने आज प्रष्ट भएको छ । चर्का भाषण गर्दै गरिएको नेकपाको एकता यात्रा दुई वर्षमै टुंगिएको छ । अर्थात् सर्वोच्च अदालतको पछिल्लो आदेशले दुई पार्टीलाई पुरानै आ–आफ्नै बाटो हिँड्ने ठाउँमा पु¥याएको छ । दुर्भाग्य भन्नुपर्छ कि सत्ताको बागडोर सम्हालिरहेको दुई तिहाइ जनमत प्राप्त नेकपा नेतृत्वको सरकार बर्हिगमन उन्मुख छ । सत्ता र शक्तिको रस्साकस्सीमै एकता भएको नेकपा बिभाजित भइसकेको छ ।

यो श्रृखंला यतिमै रोकिने अवस्था र परिदृश्य अझै देखिदैन । हुन त एमाले र माओवादी दुवैसँग विगतमा पनि फुटको नमिठो अनुभव र पाठ पनि छ । तर,फेरि त्यही पथमा किन हिँड्न चेष्टा नेताहरु गरिरहेका छन् ? यसका पर्दा अघि र पछि केकेले काम गरिरहेको छ ? नेकपाको एकता भंग भएको पाँच दिनमै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले एकलौटी केन्द्रीय कमिटी विस्तार गरेका मात्रै छैनन्, वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षका मुख्य नेताहरुको जिम्मेवारी खोसेर आफू निकटलाई दिएका छन् । यसले साविक एमाले थप फुटको दिशामा जाने खतरा बढ्दो देखिन्छ । माओवादी केन्द्र त रामबहादुर थापा बादल लगायतका मन्त्री भएका पूर्व माओवादी नेता एमालेमै रहने उद्घोष सँगै स्वतः टुक्रिएको छ । यो नेपाली कम्युनिष्ट राजनीति र देशकै लागि दुर्भाग्य हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *