चुनौतिमा बैदेशिक रोजगार: उपयुक्त विकल्प खोजीमा किन ढिलाई ?

सरोजराज पन्त

स्वदेशमा अवसर र कामको विशिष्टताको आधारमा जीविकोपार्जन गर्न नसक्ने अवस्था आएपछि अवसरको खोजीमा विदेशिनु पर्ने आज नेपाली युवा युवतीहरु युवतीहरुको दैनिकी बनेको छ । स्वदेशमा रोजगारीको अवसरका लागि सम्भावनाहरू नदेखिएको भन्दै हरेक दिन झण्डै १५०० सय युवा युवतीहरु विदेशिने गरेको तथ्यांकले देखाउँदछ । नेपालको संविधान र चालु योजनामा स्थानीय सरकारका विभिन्न कार्यक्रमहरु रहेका पनि छन । स्थानीय सरकार मार्फत आत्मनिर्भर अर्थतन्त्रको सिर्जना र स्वदेशी रोजगारमा जोड दिने कुराहरु गरेपनि आन्तरिक रोजगारीको अवसर न्यून भएको कारण अझै युवा युवतीहरुहरु बिदेसिन बाध्य रहेको उनीहरुको तर्क छ । सरकारले आजसम्म ११० देशसँग सम्झौता गरी ती सबै देश वैदेशिक रोजगारीका लागि खुला गरेको छ । यद्यपि ती देशहरु मध्ये जापान र दक्षिण कोरियामा बाहेक अन्य देशमा नेपालीहरुले गर्ने काम डटी, डेन्जर र डिफिकल्ट रहेकोले बिदेसिन विवश युवा युवतीहरुले धेरै दुख पाइरहेको गुनासो छ । नेपाल रेमिटान्स भित्र्याउने देशहरुमध्ये तेस्रो स्थानमा पर्दछ । वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटान्सले मुलुकको अर्थतन्त्रको करिब २७ प्रतिशत योगदान गरेको छ । तरपनि उक्त रेमिटान्स उत्पादनशील काममा खर्च नभएको देखिन्छ ।

कामदारहरुलाई विदेश पठाउनु पूर्व, गैसके पछाडि र त्यहाँबाट फर्किसकेपछि समस्याको शिकार हुनुपरेको, जिउ ज्यानको जोखिम मोलेर विदेशी भूमिमा पसिना बगाउनु कुनै पनि देशभक्त युवा युवतीहरुयुवतीहरुका लागि रमाइलो लाग्ने विषय होइन तथापि मध्यपूर्व मलेसिया लगायतका विभिन्न खाडी मुलुकमा पुग्ने युवा युवतीहरुले पाउने न्युनतम पारिश्रमिक पनि उत्पादनशील काममा खर्च हुन नसक्दा ऋण खोजेर बिदेशीएका युवा युवतीहरु थज ऋणको चपेटामा पर्ने गरेको पाइन्छ । अर्को तिर परिवारको खुशीको लागि विदेशीएका युवा युवतीहरुहरु परिवारको न्यानो माया, बाबु आमाको ममता र स्नेहलाई चटक्कै बिर्सेर कतिपय त विदेशी भूमिमै प्राण आहुति गरी बाकसमा फर्किन विवश छन र हरेक दिन सातदेखि १५ जना युवा युवतीहरु बाकसमा बाँधिएर फर्किन बाध्य रहेका छन । यस्तै कतिपय पारिवारिक बिचलनमा परेका छन । यस्तो परिवेशमा स्वदेशमै रोजगार सिर्जना गर्नु र तिनीहरूलाई नेपाली माटोमै पसिना बगाउने अवसर सिर्जना गर्नु आजको महत्वपूर्ण आवश्यकता रहेको छ ।

नेपालको अर्थतन्त्रमा विप्रेषणको अर्थात रेमिटान्सको महत्वपूर्ण योगदान रहेको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिको संख्या हेर्दा हरेक दिन १५ सयको हाराहारीमा नेपाली युवा युवतीहरुहरु विदेशिदै गएका छन भने विदेशमा जाने क्रममा धेरै जनशक्तिmहरुको करोडौं रकम मेनपावरहरुले ठगी गर्ने गरेका विभिन्न अध्ययनले देखाएका छ । बिगतको अवधिलाई नियाल्दा पनि ६६९ मेनपावर कम्पनीले सयौ जनालाई ठगेर करोडौ रुपियाँ लुटेको र ति ठगीमा संस्थागत र व्यक्तिगत गरी झण्डै दुई हजार उजुरुरी परेको पाइन्छ ।

यस्ता अनेकौं जटिलताहरु खेप्दै विदेशीएका कामदारहरुले रेमिटान्स पठाउने गरेका वार्षिक औषतमा पटक रेमिटान्स पठाउने गरेका छन । जसअनुसार एक जना व्यक्तिले औषतमा पाँच लाख बतिस हजार रुपैयाँ पठाउने गरेको पाइन्छ तर पनि वैदेशिक रोजगारीमा गएका कामदारहरुले पठाउने उक्त रकम उनीहरुका घरपरिवारका सदस्यहरूको दैनिक खचर्, स्वास्थ्य उपचार, शिक्षामा खर्चमात्र नभएर मनोरञ्जन र बिलासितामा खर्च हुँदा उत्पादनशील काममा लगानी हुनसकेको देखिँदैन । त्यसबाट एकातिर व्यापार घाटा बढ्दै गएको छ भने अर्कोतिर श्रीमान वा श्रीमती वैदेशिक रोजगारमा जाँदा घर परिवार विचल्ली भएको तथा पठाएको रकम सदुपयोग हुन नसकी फर्किदा घर न घाट भएको अवस्था नेपाली समाजमा दर्दनाक एवम् कारुणिक बनेको छ । विद्यमान यस्ता समस्या समाधान गरी मुलुकको अर्थतन्त्र दिगो राख्ने तरिका भनेको स्वदेशमा रोजगार सिर्जना गर्नु, घाटामा रहेका सस्थानहरुलाई व्यबस्थित गरी सञ्चालनमा ल्याउन, बाझो जग्गाको पुर्ण सदुपयोग गर्न, भएका स्रोत साधनहरुको समुचित प्रयोग गर्न सकेको खण्डमा मात्र देशलाई सबल सक्षम बनाउन सकिने हुँदा सबै तहका सरकारले यसमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

वैदेशिक रोजगारका अवसरहरुसँगै दिनहुँ जटिलताहरु थपिएका छन । एकातिर जिउ ज्यानको जोखिम मोलेर मध्यपूर्वी मलेसिया र खाडी मुलुकमा न्यून पारिश्रमिक लिएर पसिना बगाउनु परेको छ भने विदेश जाँदा लिएको ऋण समयमा तिर्न नसक्दा थप ऋणी बन्नुपरेको अवस्था रहेको छ । पारिवारिक बिचलन हुँदा थप जटिलताहरु देखिएका छन । जटिल तरिकाले कमाएको न्यून पारिश्रमिक समेत सही ढंगले प्रयोग हुन नसके पनि परसंस्कृतिकरणको प्रभाव बढ्दै गएकोले वैदेशिक रोजगारीमा गएर दुःखले कमाएको पैसा सदुपयोग हुन नसकेको अवस्था छ । वैदेशिक रोजगारीमा महिला कामदारहरूको अवस्था झनै कहालीलाग्दो रहेको छ । समयमा पारिश्रमिक नपाउन,े दलालबाट बेचिनुपर्ने, शारीरिक, मानसिक र यौन हिंसाको शिकार हुनुपनर्,े विभिन्न भयावह रोग र संकट खेप्नुपरेको अवस्था वैदेशिक रोजगारमा जाने युवतीको छ ।

यसैगरी विदेशबाट पठाउने रकम वैधानिक बाटोबाट भित्राउन नसक्नु कामदारहरूलाई रिड पत्र प्रदान गर्न नसकिनु, बचतपत्र, सेयर पत्र जारी गर्ने अवस्था सिर्जना नहुनु, उत्पादनशील क्षेत्रमा लगानी गर्न बाध्यकारी अवस्था अगाडि बढाउन नसक्नु, स्वाधिनता र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि राज्यको तर्फबाट विशेष पहल नहुनु जस्ता जटिलताहरुले गर्दा वैदेशिक रोजगारबाट पठाएको रेमिटान्सबाट अवसरहरु सिर्जना हुन नसकेको देखिन्छ ।

बिदेशी उत्पादनको सट्टा नेपाली स्थानीय उत्पादनलाई उपयोग गर्ने बानीको विकास गराउन,े हुन्डीमार्फत रकम पठाउने व्यवस्थालाई खारेज गरी, बैकबाट कारोबार गर्ने अवस्था सिर्जना गर्ने, विदेशबाट पठाउने रकम उत्पादनशील क्षेत्रमा लगानी गरी प्रशस्त अवसरहरु सिर्जना गर्न सकिने अवस्था रहेको भएतापनि अपेक्षित उपलब्धि हासिल हुन सकेको देखिंदैन । वैदेशिक रोजगारमा संलग्न युवा युवतीहरुले पठाएको रकम र विदेशमा बेचेको श्रम, सिप, समय, पसिना र उनीहरुले त्यहाँ हासिल गरेका ज्ञान, सिप, दक्षता स्वदेशमा पनि प्रयोग गरेर विदेशमा रहँदा र फर्केपछि पनि उनीहरूको आत्मबल बढाउने, क्षमता अभिवृद्धि गर्ने र सीपलाई पूर्णरूपमा हासिल गरेर स्वावलम्बी, आत्मनिर्भर स्वरोजगार सिर्जना गर्न सकिने अवस्था छ जसको लागि निम्न उपायहरु अवलम्बन गर्न जरुरी देखिन्छ ः कामदारहरूको चेतना बढाइ उनीहरूको सीप, क्षमता, दक्षता र ज्ञानलाई स्वदेशमा फिर्ता भइसकेपछि पूर्णरुपमा पर्योग गर्ने राष्ट्रिय लगानी नीति बनाएर बिप्रेषण प्रयोग सम्बन्धमा स्पष्ट पार्ने राष्ट्रिय ऋण पत्र बचतपत्र लगानी पत्र जारी गरी पूर्णरूपमा कार्यान्वयन गर्दै यसलाई कामदारसम्म पुराउने वैदेशिक रोजगारमा संलग्न युवा युवतीहरुयुवतीहरुले पठाएको रेमिटान्सको निश्चित रकम सेयर बजार, उद्योगधन्दा आदिमा लगानी गर्ने बाध्यकारी अवस्था समेत सिर्जना गर्ने व्यबस्था गर्नुपर्ने देखिन्छ जसबाट भविष्यका लागि प्रशस्त मुनाफाहरु लिने अवसरहरु सिर्जना भई दिगो आम्दानीका बाटाहरु सुनिश्चित बन्न सकुन ।

यसैगरी उनीहरुले पठाएको रकमलाई तत्काल उपलब्धी हासिल गर्न सकिने क्षेत्र जस्तै जलविद्युत केवलकार, होटल व्यवसाय, उद्योगधन्दा सेयर बजारमा लगानी गर्ने र आत्मनिर्भर अर्थतन्त्र बनाउन विशेष पहल गर्नुपर्ने टडकारो आवश्यकता रहेको छ । दक्ष र दक्षता हासिल गरेका सीपयुक्त कामदारलाई मात्र बैदेशिक रोजगारमा पठाएर रोजगारलाई सुनिश्चित गर्ने, उच्च तलब हासिल गर्ने अवस्था सिर्जना गर्ने वातावरण सृजना गर्न एनआरएन मार्फत समन्वय गरी उपयुक्त अवसर सिर्जना गर्नुपर्ने, नेपाली बैक तथा वित्तीय संस्थाहरूको सञ्जाल वैदेशिक रोजगारीमा जाने सबै देशमा पूराउनुपर्ने देखिन्छ । यसैगरी वैदेशिक रोजगारमा गएका सबै युवा युवतीहरुहरुलाई सरकारको तर्फबाट स्पदेश र बिदेशमा निःशुल्क स्वास्थ्य बिमा गनर्,े उपयुक्त भाषा र शिक्षा दिने त्यहाँको वातावरणसँग सम्बन्धित चेतना स्तर बढाउने प्रशिक्षण दिने बैकिङ भुतmानीलाई विशेष ध्यान दिने, निरन्तर प्रभावकारी अनुगमन मूल्यांकन र आवश्यक पृष्ठपोषणमा ध्यान दिनुपर्ने, एकीकृत बैंकिङ प्रणाली लागू गरेर सोही अनुसार रेमिटान्स नेपालमा भित्याउने वातावरण सिर्जना गनर्,े वैदेशिक रोजगारमा गएका कामदारहरुको आधारभूत काम, कानून, भाषा लगायत आवश्यक विषयवस्तुहरुलाई जानकारी दिएर अविलम्ब प्रशिक्षणका कार्यक्रमहरु अगाडि बढाउने, अन्तर निकाय समन्वय सहकारी सहयोग र कामदारहरूको आत्मविश्वास बढाउने काममा सबै सरोकारवाला निकायहरूको बिच आपसी समन्वय गरी कार्यसम्पादन गर्ने कार्य गर्न सकेको खण्डमा मात्र बैदेशिक रोजगारमा जाने युवा युवतीहरु श्रमको रक्षा र पठाएको रकमको सदुपयोग हुन सक्ने देखिन्छ ।

अहिले वैदेशिक रोजगारमा नेपालले पठाएका देशहरु मध्ये हाम्रो सिरिया अफगानिस्तान र इराक जस्ता मुलुकहरूमा गएका कामदारहरुको अवस्था जटिल रहेको छ । सुरक्षा संयन्त्रको हिसाबले विभिन्न व्यवधानहरु रहेको कारणले गर्दा ती देशहरुमा कामदार पठाउन रोक लगाउने र थप रणनीति बनाउनुपर्ने देखिन्छ । यसैगरी तुलनात्मक रूपमा बढी लाभ हुने देशहरुमा मात्र कामदार पठाउने व्यवस्था मिलाउनुपर्ने आबश्यक छ । श्रमका लागि जाने प्रमुख गन्तव्य राष्ट्रहरुमा सिधा हवाई उडानलाई जोड दिनुपनर्,े गन्तव्य राष्ट्रमा राजदुतावास, वाणिज्य दूतावास र श्रम सहचारी कार्यलाई प्रभावकारी बनाउनुपर्ने, मनोपरामर्श सेवा दिएर मनोवैज्ञानिक रुपमा तनाव मुक्त बनाएर मात्र बिदेशमा पठाउने र काम गर्ने उपयुतm वतावरण सृजना गर्नु पर्ने देखिन्छ । उनीहरुको शिक्षा, स्वास्थ्य र चेतनाका कुराहरुलाई अभिवृद्धि हुने किसिमका कार्यक्रमहरु अगाडि बढाउनुपर्ने ठिला गर्नु हुदैन ।

विगतका कमी कमजोरीहरुलाई स्विकार्दै भविष्य राम्रो बनाउनको लागि अब समयमै सोच्नुपर्ने अवस्था रहेको छ । वैदेशिक रोजगारीमा रहेका बिचौलिया र ती बिचौलियाहरुले सृजना गर्ने विभिन्न धन्दा र गलत क्रियाकलापहरूको रोक लगाउनको लागि शीघ्र कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । त्यसैगरी कामदारका पिर, मर्का र दुःखकष्ट, स्वास्थ्यसम्बन्धी जटिलताहरुको समयमा सुनुवाई गर्ने कार्यक्रम बनाउनु पर्दछ । पारिवारिक विखण्डन,मानसिक, शारीरिक तनाव कमगर्न, अव्यबस्थित बसाइँसराइ रोक्न, उपभोक्ताबादी सस्कार रोक्न र विभिन्न सामाजिक, सांस्कृतिक विकृतिहरुलाई रोक्नको लागि समय नै उचित पहल गर्नुपर्ने देखिन्छ ।

स्वदेशमै रोजगार सिर्जना गर्नु राज्यको कर्तव्य हो । विदेशमा पठाएर रेमिटान्सको भरमा देश चलाउन खोज्नु जननिर्बाचित सरकारको मुल्य र मान्यतामा आधारित सरकारको कर्तव्य भित्र पर्दैन । त्यसैले विभिन्न अवसरहरु सिर्जना गरी देशका होनहार युवा युवतीलाई स्वदेशमै काम र अबसर दिलाउनु राज्यको कर्तव्य भएको कारणले यसतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ । एक व्यक्तिले आर्जन गर्ने र बाँकी परिवारका सदस्यहरुले उपभोग गर्ने तथा आएको पैसा बिलासितामा खर्च गर्ने वर्तमान पारिवारिक अवस्था र संरचनामा क्रमस परिवर्तन गर्दै जान जरुरी छ ।

राज्यले विदेशबाट आउँदा र रकम पठाउँदा मात्र युवा युवतीहरुयुवतीहरुलाई राम्रो नजरले हेरेर पुग्दैन । श्रम स्विकृति दिएर विदेशमा युवा युवतीहरुलाई पठाएर राज्यको कर्तव्य पूरा हुन सक्दैन । त्यसैले अब विदेशमा युवा युवतीहरुलाई पढाउने होइन स्वदेशमै रोजगार सिर्जना गरेर देशलाई आत्मनिर्भर, स्वावलम्बी बनाउने तर्फ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर देशलाई हराभरा बनाउने रणनीति तर्फ लाग्न सम्बद्ध सबै निकायले समयमै ध्यान दिन ढिला भइसकेको छ ।

व्यक्ति, परिवार र राष्ट्र कसैको पनि हितमा नहुने काममा अब कोही लाग्नु हुँदैन । देशका जनशक्तिलाई स्वदेशमै काम दिनुपर्छ भन्ने मुख्य मान्यताका साथ अब विप्रेषणबाट देश चलाउने हैन, युवा युवतीहरुलाई उत्पादनशील क्षेत्रमा लगाई स्वावलम्बी, आत्मनिर्भर बनाएर देशको अर्थतन्त्रलाई माथि उठाउने काम गर्नुपर्दछ । यसको लागि समयमै नागरिक चेतना, सक्रियताका साथ कानुनको कार्यान्वयन, बिगतका गल्ती कमजोरी तथा बिदेशी अभ्यासबाट पाठ सिकेर अवलम्बन गर्दै प्रशासन, सरकारले र राजनीतिक शक्ति बीचको आपसी सहयोग समन्वय स्थापित गरी अबिलम्ब स्तर माथि उठाई काम गर्नुपर्ने अत्यन्त आवश्यक रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *