ओडारचौरको भीरबाट लडेर युवाको मृत्यु


आर्दश अनलाइन, बागलुङ
भीरबाट लडेर बागलुङका एक युवाको युवकको सोमबार मृत्यु भएको छ ।

जिल्लाको बागलुङ नगरपालिका–४ ओडारचौरस्थित भिरबाट खसेर काठेखोला गाउँपालिका–३ धम्जा निवासी २२ वर्षीय गणेश बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण पल्ली मगरले जानकारी दिनुभयो ।

सोमबार बिहान भीरबाट खसेर मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको थियो । बोहोरा ओडारचौर स्थित घरमा आइतबार राती साथीहरुसंगै सुतेको र बिहान नभेटेपछि खोजतलास गर्दा घरमुनीको भीरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बोहोराको शव पोष्टमार्टमका लागि धौलागिरी अस्पतालमा राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *