बागलुङका ४४ कृषकलाई अनुदानमा मिनिटेलर हलो


–आदर्श अनलाइन, बागलुङ

कृषि ज्ञान केन्द्र बागलुङले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई यन्त्रिकरण उपलव्ध गराउने भएको छ । आर्थिक वर्ष २०७७÷७८ को कार्यक्रम अनुसार ४४ कृषकलाई अनुदानमा मिनिटेलर हलो र कुटानी पिसानी मिल ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको जनाएको छ ।

कृषकहरुबाट माग गरिएको प्रस्तावनामा जिल्लाका ४१५ कृषकले दिएको आवेदनमा जम्मा ४४ जनाको मात्रै कार्यक्रम स्विकृत भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । ४४ कृषकहरुलाई रु. १० लाख ५० हजारले ५० प्रतिशत अनुदानमा ३ कुटानी पिसानी मिल र ४१ मिनि टेलर हलो प्राप्त गर्ने छन् । बागलुङ बजारमा न्युनतम रु.४७ हजार ५०० खरिद मुल्य पर्ने मिनिटेलर हलोलाई कृषकले आधा मुल्यमा प्राप्त गर्नेछन् ।

कृषिमा यन्त्रिकरण भित्राएर कृषि उत्पादन बढाउनका लागि ज्ञान केन्द्रले कृषकको माग अनुसार यन्त्रिकरणमा अनुदान दिन थालेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *