७८ वर्षीया बृद्धा बलात्कार प्रकरणः ३ वर्ष कैद,२५ हजार क्षतिपूर्तिको फैसला

आदर्श अनलाइन,बागलुङ

७८ वर्षीया बुद्वालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर बिकलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको मंगलबारको एकल इजलाशले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा आरोपितलाई ३ वर्ष ६ महिना कैद सहित पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले बताए ।

पीडित बुद्वालाई आरोपित बिकले २०७६ भाद्र २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भाद्र ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । त्यस लगत्तै प्रहरीले आरोपितलाई भाद्र ४ गते गिरफ्तार गरेको थियो ।

प्रहरीले अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत ०७६ भाद्र २६ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग अभियोगमा मुद्धा दर्ता गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *