गलकोटमा एक जनाको शंकास्पद मृत्यु, हत्याको आशंका

–आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको गलकोट नगरपालिका–४ भयरखर्क गल्छिनाका एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका ४० वर्षिय धन बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

आईतबार धनबहादुर र उनका २० बर्षिय छोरा अनिल नेपाली बीच मादक पदार्थ सेवन गरी झगडा समेत भएको प्रहरीले बताएकोे छ । सोमबार बिहान उनी घर भन्दा ३० मिटर तल घाइते अवस्थामा धनबहादुर फेला पर्नुभएको थियो । घाइते नेपालीको मंगलबार आफ्नै घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक ईकबल हबारीले जानकारी दिनुभएको छ ।

बाबु छोरकाको झगडा हुनु, मृतकको शरिरमा चोट पटक हुनु, घाइते बुबाको उपचार नगर्नुले हत्याको आशंका पैदा भएको प्रहरीको भनाई छ ।

घाइते अवस्थामा रहेका धनबहादुरलाई परिवारले अस्पताल नलगी घरमै राखिएको थियो । नियोजित हत्या या अन्य कारण मृत्यु भएको भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *