ग्यास्ट्रिक रोग र यसबाट बँच्ने उपाय

सरोज केसी
हेल्थ असिष्टेन्ट
धौलागिरी अस्पताल,बागलुङ

मानिसहरुको पेटमा प्रकृतिले नै एसिड उत्पादन गराइ रहेको हुन्छ । मानिसले खाएको खाना पचाउने र खानासँगै ब्याक्टेरिय मार्ने काम एसिडले गर्दछ । एसिडबाट बच्न पनि शरीरमा आफ्नै प्रक्रिया हुन्छ । तर त्यो कुनै कारणबस त्यो प्रक्रियामा समस्या आएमा ग्याष्ट्रिक हुन्छ । ग्याष्ट्रिक नेपालमा अधिकांश मानिसलाई भएको पाइन्छ । ग्याष्ट्रिक भएको मानिसलाई पेट पोल्ने, घाटी पोल्ने, छाती दुख्ने, वाकवाकी लाग्ने, केही खाना मन नलाग्ने, पेट दुख्ने वा पेट पोल्ने, पेटमा गुडगुड गरेको आवाज, मुखमा अमिलो पानी आउँछ, ढ्याउँ आउने हुन्छ । ग्यास्ट्रिक भएको मानिसले धेरै ध्यान दिनुपर्दछ । ग्यास्ट्रिक बिग्रिएमा आन्द्रामा घाउ भएर अल्सर र अल्सर बिग्रिएमा क्यान्सर समेत हुने सम्भावना धेरै हुन्छ ।

ग्यास्ट्रिक भएको मानिसले खानपानमा धेरै विचार गर्नुपर्ने हुन्छ । ग्यास्ट्रिक रोग ख्याल गरेमा सामान्य रोग हो । यदि यसको ख्याल गरिएन भने रोगहरुको राजा पनि भनिन्छ । ग्यास्ट्रिक हुनु भनेको पेटमा ५ सय भन्दा बढी प्रकारका ब्याक्टेरियाहरुले आक्रमण गरेर ग्याँस उत्पन्न हुने बुझिन्छ ।

धेरै मानिसलाई ग्यास्ट्रिक हुन्छ । यसको उपचार पनि सहज रुपमा गर्न सकिन्छ । तर, सबै भन्दा पहिले हामीहरुले ग्यास्ट्रिक रोग लागेमा के गर्ने भनेर बुझ्न जरुरी हुन्छ । ग्यास्ट्रिक हामीहरुले नै खाएको खानाबाट हुन्छ । त्यसकारण खाना खाँदा ख्याल गर्नु पर्दछ । हाम्रो पेटमा धेरै व्याक्टेरिया भएर हामीले खाएको खानालाई पचाउन दिदैन । त्यसले गर्दा खाना पच्दैन र ग्यास्ट्रिक हुन्छ ।

ब्याक्टेरिया युक्त खानेकुरा खानु हँुदैन । ग्यास्ट्रिक भएका मानसिहरु ब्रत बस्ने, लामो समय भोक भोकै बस्ने, पेट खाली राख्नु हुँदैन । केही न केही खाई राख्नु पर्ने हुन्छ ग्यास्ट्रिक भएका मानिसले । ग्यास्ट्रिक भएकोले ज्वानोको धुलो बनाएर हप्तामा एक पटक बिरे नुन, ज्वानोको धुलो र काग्ती तातो पानी बनाएर पिउँदा स्वास्थ्यका लागि अझै राम्रो हुन्छ ।मानिसहरुले बजारमा पाइने खानेकुराहरु केही नसोची खाएको पाइन्छ । त्यो गलत हो । अझ ग्यास्ट्रिक भएका मानिसले त बजारमा पाइने बासी खानेकुरा खानु हँुदैन् । ग्यास्ट्रिक भएको मानिसले सधै खाना खाने समय एउटै समयमा खाने गर्नु पर्दछ । विहान १० बजे खाने बानी छ भने नियमित बिहानको खाना १० बजेनै खाँदा राम्रो हुन्छ । सधै खाना खाने समय एउटै बनाउनु पर्दछ ।

ग्यास्ट्रिकबाट बच्नका लागि धेरै मात्रमा पानी पिउनु पर्ने हुन्छ । पानीले पेटमा भएको ब्याक्टेरियालाई बगाएर लान्छ । त्यसकारण प्रशस्त मात्रामा पानी पिउनु पर्ने हुन्छ ग्यास्ट्रिक भएको मानिसले । ग्यास्ट्रिक भएका मानिसले चिल्लो भएको खाना धेरै खानु हुँदैन । ग्यास्ट्रिक भएका मानिसले सन्तुलित खाना खानु पर्ने हुन्छ । सुर्तीजन्य पदार्थ, मदिरा सेवन गर्नु हुँदैन । ग्यास्ट्रिकको उपचार पहिलो त आफूले सतर्कता अपनाउनु हो । त्यसकारण धेरै तातो खानेकुरा नखाने, सुन्तला, कागती, भोगटे जस्ता फलफूल खानु हुँदैन ।

गाउँघरमा मानसिहरुले चिकित्सकको सल्लाह नलिई औषधी उपचार गरेको पाइन्छ । त्यो गलत हो । ग्यास्ट्रिक रोग धेरै प्रकारका हुन्छन् । त्यसकारणले जँचाएर मात्र औषधीको सेवन गर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *